आइतबार, साउन १० २०७८
काठमाडौं १८:०४
वासिङटन डिसी 08:19

अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ७९ हजार संक्रमित, १४२२ जनाको मृत्यु

इनेप्लिज २०७७ पुष ६ गते ११:४५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ८ सय १ पुगेको छ । यस्तै एकैदिनमा मृत्यु हुनेको संख्या १ हजार ४ सय २२ पुगेको न्यूयोर्क टाइम्सको आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।

उक्त तथ्यांक गत आइतबार डिसेम्बर २० का दिन २४ घण्टामा लिइएको हो । स्मरण रहोस ,गत डिसेम्बर १६ का दिन मंगलबार महामारी सुरु भए देखि मृत्यु हुनेको संख्या र संक्रमित हुनेको संख्या उच्च रहेको थियो ।

निरन्तर ४८ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ कोभिड-१९ बाट संक्रमितहरु थपिदै गै रहेका छन् । हाल सम्म कूल १ करोड ८१ लाख ५१ हजार ४६ जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ६० लाख ५१ हजार २९ पुगेको छ ।

अमेरिकामा हाल सम्म कूल मृत्यु हुनेको संख्या ३ लाख २२ हजार ५ सय ८२ पुगेको छ ।

श्रोत : न्यूयोर्क टाइम्स तथा अन्य

प्रतिक्रिया