लोक दलको प्रेस विज्ञप्ति
सत्ताका लागि संविधानको व्याख्या र अपव्याख्या गर्ने सत्ताधारी नेताहरुले लाखौं मधेशी पिछडा वर्गले संविधानमा आफ्नो अधिकारका लागि अगाडी सर्दा ती आन्दोलनरत जनता माथि गोली बर्साउने र मधेशीको लाश माथि संविधान जारी गरी दिपावली मनाउनेहरुको अहिले विभेदकारी संविधानमार्फत नै आफ्नो अधिकार कटौती हुँदा देखिएको छटपट्टी र अधैर्यताले पुष्टि गर्छ कि यिनीहरु सत्ताका लागि संविधान र संविधानको सत्ता मात्र रहेको छ।जनताको लागि संविधान र जनताको लागि सत्ता नमान्ने यिनीहरु संसदमा रहँदा र नरहँदा जनतालाई कुनै खास फरक नपर्ने भएकाले जनता यी भ्रष्टतन्त्रबाट मुक्ति नै खोजेका छन्। जसको लागि लोक दल प्रत्यक्ष सामाजिक लोकतन्त्रको वकालत गरिरहेका छन्।जनप्रतिनिधि मूलक लोकतन्त्रले जन अधिकार खोसेको छ भने शासन सत्तामा जनताको प्रत्यक्ष सहभागितालाई समेत राकेको छ।
कोभिड–१९ले नेपाललगायत विश्वकै अर्थव्यवस्था तहसनहस पारेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन गरिएको संसद र घोषणा गरिएको निर्वाचनले त्रासको स्थिति सृजना गरेको छ भने सत्ता स्वार्थका लागि संघर्षरत जनप्रतिनिधिहरुले गरिने सडक मञ्चन बाट जनता लाई झनै त्रसित बनाउने भएकाले सहमतिको राजनीतिक बाटो अबलम्बन गर्न सबै राजनीतिक दलहरुलाई लोक दल आह्वान गर्दछ र संविधानमा सबै पक्षको अधिकार समेट्न आग्रह गर्दछ। प्रतिनिधिमूलक लोकतन्त्रले जनअधिकार खोसेको र प्रतिनिधिमूलक लोकतन्त्रको माध्यमले भ्रष्टाचार,विभेद र असमानता सृजना गरेकाले गरिब, मजदूर,किसान, दलित, जनजाति,ओबीसी लगायत सम्पूर्ण पिछडावर्गको आर्थिक र राजनीतिक अधिकार सहित समानताको शासनका लागि प्रत्यक्ष सामाजिक लोकतन्त्र स्थापनाका लागि लोक दल जनतामा अपील गर्दछ।
जय समाज
सिएन खड्गा
महासचिव
मो. ९८५११९१८९०
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया