सम्मानित तरकारी विक्रित

इनेप्लिज २०७७ पुष ६ गते ३:५२ मा प्रकाशित

सम्मानित तरकारी विक्रित,

म यहाँ सन्छै छु र हजुरले धेरै जोखिम,तकलिफ उठाएर, यो कोभिड-१९मा पनि तरकारि बेचेकाले हजुरलाई मन भित्रबाट नै धन्यवाद गर्दछु र नेपालमा भएका सबै तरकारि बेच्ने नागरिकलाई राम्रो स्वास्थको कामना गर्दछु।

यस कोभिड-१९ को समयमा धेरै मानिसहुरु सहजता पूर्वक तरकारी नपाएर सुखा दालभात र गेडागुडिको झोल खएर बसेका छन् त्यहि पनि हजुरहरुले आफ्नो नसोचेर जनताका लागि आफ्ने पसलहरु खोलेका छन्। गाडि बन्द,नेपाल बन्दको बेलामा आफैँ भारि तरकारिहरु बोकेर सुपत मूल्यमा हाम्रो घर सम्म ल्याइदिनुहुनाकाले धन्यवाद गर्दछु।मलाई धेरै राम्ररी थाहा छ हजुरको धेरै तरकारीहरु सढेर खेर गएका छन्,हजुरले घाटा खाएर पनि उपभोक्ताहरुलाई सहजता पूर्वक तरकारि उपलब्ध गर्नु भएकाले सम्मान बेच्न गर्दछु।

लकडाउनामा सरकारले तरकारी बेच्न अनुमति दिनु भयो र हजुरहरुले पनि जोखिम उठाएर हामीलाई तरकारी बेचे भने धन्यवाद गर्दछु।

शुभचिन्तक,

मिसिका जयसाल

प्रतिक्रिया