शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०५:३८
वासिङटन डिसी 19:53

पार्टी एकताका लागि दावव दिन धनगढीमा बृहत भेला

वीरेन्द्र रावल २०७७ पुष ५ गते १७:३४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष ५÷नेकपा पार्टीमा उत्पन्न विवादले कतै पार्टी नै बिघटनको दिसातर्फ धकेलिने त होईन भन्ने कुरालाई ध्यानामा राख्दै युवा संघ नेपालले थालेको देश व्यापी पार्टी एकताका लागि दबाब कार्यक्रम सोमबार धनगढमिा पनि गरिएको छ ।

नेकपा भित्रको आपसी कलहका कारण पार्टी संगठनहरुमा देखा परेका अन्तर विरोधको अन्त्य र पार्टीलाई एक ढिक्का भएर अगाडी बढाउने उद्देश्यका साथ थालिएको दाबाब कार्यक्रम ठूलो संख्यामा युवा तथा विद्यार्थीहरुको भेला गरिएको हो।

युवा संघ नेपालको अगुवाईमा देश व्यापी रुपमा थालिएको सो अभियान सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गरिएको आयोजकले जनाएका छन्।

धनगढीको ओम प्यालेसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताका लागी प्रदेश स्तरीय युवा दवाव अभियान लाई सम्बोधन गर्दै नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं प्रमूख अतिथी कर्ण थापाले नेकपाका शिर्ष नेताहरुको सत्ता प्रतिको मोहका कारण दुई पार्टी एकता पछि पनि एकताको अनुभूति नेता कार्यकर्ताले गर्न नसकेको बताएका छन्।उनले जनताको जनमतलाई अनादर गरेर काम गर्न नदिने,बाधा–व्यवधान सिर्जना गर्ने,हातखुट्टा बाँध्ने,समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना भएको सरकारलाई कमजोर बनाउने पार्टीभित्रको खेल र देशविदेशी शक्तिहरूले साँठगाँठ गरेर गरिएको षड्यन्त्र पछिको बाध्यात्मक कदम भएको बताए।

नेकपाका सबै नेता कार्यकर्ताहरुले पार्टी भित्रको अवसरवादको अन्त्यका लागि पनि आगामी निर्वाचनमा देश भक्त नेकपाका अध्यक्ष केपी शर्माओलीले लिएको बिचारलाई आत्म साथ गरेर अघि बढ्न समेत सबै नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले संसद बिघटन कुनैै रहरले नभई लोकतन्त्रको रक्षा र अवसरवादीको अन्त्यका लागि गरेकाले आगामी निर्वाचनमा त्यस्ता अवसरवादीहरुलाई परास्त गरेरै छाड्ने अभियानमा लाग्न सबै युवा बिद्यार्थीहरुलाई आग्रह गरेका छन्। दबाब मुलक कार्यक्रम गरेका हुन।

सो अवसरमा बोल्दै युवा संघकी पूर्व अध्यक्ष एवं नेकपाकी केन्द्रीय सदस्य निरु पालले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको राष्ट्रियताको अडानका कारण उनलाइ सत्तामा टिक्कन नदिने योजना नेकपाका नेताहरु बाटै भएको आरोप लगाएकी छिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सह संयोजक रमेश पौडेल नेकपा भित्र हावी भएको अवसरवादका कारण नेकपामा विभाजनको खतरा बढ्दै जान थालेकोले जनताको ईच्छा विपरित कुनैपनि नेतालाई पार्टी फुटाउने छुट नभएको बताए।उनले गुट उपगुट र विभाजनको पक्षमा लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।

सो अवसरमा नेकपाका केन्द्रिय सदस्य दिपक प्रसाद देवकोटा,नारद मुनि राना ,र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष ऐन महर,नेकपाका सुदूर पश्चिम प्रदेश सदस्य कृष्णप्रसाद जैशी,कमल तिमिल्सीना,अफिलाल ओखेडा,युवा संघका केन्द्रिय सचिव बचन बहादुर सिंह, नेकपा कैलालीका अध्यक्ष रतन थापा,नेकपा कञ्चनपुर जिल्लाका अध्यक्ष वीर बहादुर थापा लगायतका व्यक्तिहरुले मन्तब्य व्यक्त गरेको कार्यक्रमको अध्यक्षता युवा संघ नेपालका केन्द्रिय सदस्य मदनराज रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य कैलाली जिल्ला अध्यक्ष राजु बमले कार्यक्रमको सञ्चालन युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोष प्रसाद जोशीले गनरेका थिए।

प्रतिक्रिया