शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:०६
वासिङटन डिसी 12:21

भर्जिनियाका पूर्व बिधान सभा सदस्यका उम्मेदवारलाई १२ बर्षिय किशोरीलाई फकाई भगाउदा पक्राउ

उनलाई सोमबार बिहान २ बजेतिर घरबाट लिएर भागेका थिए

इनेप्लिज २०७७ पुष ५ गते १७:०६ मा प्रकाशित

आफूलाई बाल यौन शोषण रक्षक बताउने भर्जिनियाका पूर्व बिधान सभा सदस्यका उम्मेदवारले १२ बर्षिय किशोरीलाई फकाई क्यालिफोर्नियाबाट भगाउदा उनलाई पक्राउ गरिएको छ । उक्त व्यक्तिले किशोरीलाई लिन क्यालिफोर्निया पुगेका थिए भने बालिका राती २ बजे उठेर उक्त व्यक्तिसंग भागेकी थिइन ।

४० बर्षिय नाथन लार्सन नामक उक्त व्यक्तिले प्रहरीले उक्त किशोरीलाई शंका गर्छन भनेर पाको उमेरको बनाउन नक्कली कपाल लगाउन लगाएका थिए । र फ्रेस्नो काउन्टी शरिफ(प्रहरी)मार्गारेट मिम्सले गत शनिबार उनलाई यात्रा भरि नबोल्न समेत भनेको पत्रकार सम्मेलनमा बताएकी छिन ।

उनलाई पक्रन गत सोमबार बिहान देखि अनुसन्धान सुरु गरिएको थियो । क्यालिफोर्नियाको फ्रेस्नो स्थित घरको सुत्ने कोठाबाटै उनि हराएको उनका अभिभावकले प्रहरीलाई उजुरी गरेका थिए ।

प्रहरी मिम्सका अनुसार जासूसहरूले उक्त व्यक्ति भर्जिनियाको क्याटलेट निवासी भएको पत्ता लगाएका थिए । लार्सनले किशोरीलाई पहिले सामाजिक संजाल मार्फत भेटेका थिए । उनि भर्जिनियाबाट क्यालिफोर्निया उडे र उनलाई सोमबार बिहान २ बजेतिर घरबाट लिएर भागेका थिए ।

उनीहरुले फ्रेस्नो विमानस्थलमा सामूहिक रुपमा मिलेर जान पाइने सवारी साधन(कार)लिएका थिए भने उनीहरु वाशिंगटन डिसीको लागि विमानमा चढेका थिए।

हाल लार्सनलाई हिरासतमा लिईएको छ भने ती युवतीलाई डेन्भर प्रहरी अधिकारीले उद्धार गरेका छन् । उनीहरुलाई कोलोराडोमा अर्को हवाईजहाज पर्खने क्रममा पक्राउ गरिएको मिम्सले बताइन । किशोरीलाई कुनै चोटपटक लागेको छैन भने पछि उनको परिवारसंग पुनर्मिलन गराईदिएको छ ।

उनले आमाबाबुलाई जहिले पनि उनीहरूको बालबालिकाको अंतर्जाल (इन्टर्नेट) गतिविधि र उनीहरूले अनलाईन(साङ्गणिक)मार्फत कुराकानी गरिरहेका बारेमा निगरानी गर्न आग्रह समेत गरिन ।

संघीय जासुसहरूले लार्सनको घर खोजी गरे र पत्ता लगाए कि गत अक्टोबरमा उनलाई बिधुतिय माध्यम मार्फत भेटेका थिए । भेटेको पछिल्लो दुई महिनाको अवधिमा लार्सनले ती युवतीलाई आफूलाई अश्लील तस्बीर पठाउन उत्प्रेरित गरेका थिए ।

खोजीको क्रममा लार्सनको ६९ वर्षीय बुबा आर्थर लार्सनले एक संघीय जासुसलाई कुटपिट गरे पछि उनलाई गिरफ्तार गरियो, उनले भनिन्। हमलाको आरोपमा कारागार लगिएता पनि बाबुलाई पछि छोडिएको थियो । जासूसहरूले छोराको “गहिरो निराशाजनक पृष्ठभूमि” पत्ता लगाएका थिए ।

“उनी स्वेत सर्वोच्चतावादी र बाल यौन शोषण लागि प्रख्यात वकालत गर्न व्यक्ति हुन्,” “उनि संजाल स्थल(वेबसाइट) चलाउछन्, जसले बालिकाहरु हरूलाई बलात्कार गर्न र बलात्कारको बच्चाहरूको नग्न तस्बिरहरु र श्रब्यदृश्य(भिडियो) साझेदारी गर्न प्रोत्साहन गर्दछ।” भनि प्रहरीले बताएका छन् ।

नेथन लार्सन सन् २०१७ मा भएको भर्जिनिया हाउस अफ डेलीगेट्स(बिधान सभा)का उम्मेदवार समेत भएका थिए तर उनि चुनाव हारेका थिए । उनि भर्जिनियाको ३१ औ चुनाव क्षेत्रबाट उम्मेदवार बनेका थिए । जुन प्रिन्स विलियम र फक्विअर काउन्टीमा पर्दछ र उनि स्वतन्त्र उम्मेदवारको रुपमा उठेका थिए ।

सन् २००९ मा कोलोराडोको बोल्डरमा बसोबास गर्ने क्रममा उनले “निकट भविष्यमा” राष्ट्रपतिलाई मार्ने उद्देश्य राखी गुप्तचर सेवालाई बिधुतिय डाक (ईमेल) पठाएकोमा दोषी ठहरिए पछि उनलाई १६ महिनाको कारागारको सजाय सुनाइएको थियो।

लार्सनलाई डेन्भर काउन्टी जेलमा राखिएको छ भने नाबालिगलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ । उनलाई अपहरण, बाल अपहरण, नाबालिगबाट बाल अश्लील तस्बिर खिच्ने र यौन सम्बन्धको अभिप्रायले बच्चालाई भेट्ने अपराधको अभियोग लाग्ने छ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया