टिकटक क्विन उषा र निर्मल न्यौपानेको ‘सानी’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ पुष ५ गते १५:५७ मा प्रकाशित


गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत ‘सानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ।

‘सानी’को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ । गीतको भिडियो बैदेशिक रोजगारीको पिडा समेटिएको कथा बस्तुलाई आधार मानेर बनाइएको छ।बिरेन्द्र भट्टको सिनेमाटोग्राफी र अनिल रानाको सम्पादन रहेको भिडियोलाई एम आर क्रियसनले निर्माण गरेको हो जसमा रोजल थापाको निर्देशन रहेको छ।गीतको भिडियोलाई गायक गोविन्द गुरागाईको अफिसियल युट्युब च्यानल बाट शुक्रबार सार्वजनिक गरिएको हो।

प्रतिक्रिया