प्रदेश नं १ मा ६० जना सङ्क्रमित निको भए,३७ जना थपिए

इनेप्लिज २०७७ पुष ५ गते १४:५३ मा प्रकाशित

विराटनगर,५ पुस।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६० जना सङ्क्रमित निको भएका छन्।

निको हुनेहरुमा होम आईशोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ।हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या २५ हजार १२० पुगेको छ।

प्रदेशमा उक्त अवधिमा २९९ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ महिला र २१ पुरुष गरी जम्मा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।थप हुने सङ्क्रमितहरुमा मोरङमा १६ मध्ये विराटनगरमा आठ, इलाममा सात, झापामा पाँच, सुनसरी र सङ्खुवासभामा दुई÷दुई, ओखलढुङ्गामा एक र प्रदेश बाहिरका चार जना रहेका छन्।प्रदेशमा कोरोना सङ्क्रमितको संख्या हालसम्म २९ हजार ३३२ पुगेको छ।

यस प्रदेशमा अहिलेसम्म दुई लाख चार हजार २५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

 

प्रतिक्रिया