आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

अमेरिकामा मिनेसोटाका राज्य सिनेटर जेरी रेल्फ़को कोरोनाबाट निधन

इनेप्लिज २०७७ पुष ४ गते २२:०५ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यका राज्य सिनेटर जेरी रेल्फ़को कोरोनाबाट निधन भएको छ । रिपब्लिकन दलका राज्य स्तरका सिनेटर कोभिड-१९ बाट संक्रमित भै अलिक जटिल भए पछि उनको निधन भएको हो ।

७६ बर्षिय रेल्फ़ले गत २०१७ देखि मिनेसोटामा जनताको सेवा सुरु गरेका थिए । उनि उक्त राज्यको सेन्ट क्लाउड को १४ औ जिल्लाका लागि प्रतिनिधित्व गर्थे ।

गत शुक्रबार राती उनकी पत्नी पेगी ब्रोकरले उनको निधन भएको जानकारी गराएकी थिइन् । उनको निधनको जानकारी मिनेसोटा सिनेट रिपब्लिकन ककसको आधिकारिक संजालस्थल (वेबसाइट)मा प्रकाशित समेत गरिएको छ ।

“मेरो श्रीमान्, जेरी रेल्फ़को मृत्यु भएको छ र उहाँ स्वर्गको घर भित्र प्रवेश गर्नु भनेर बताउन पाउँदा म साह्रै निराश छु। जेरी प्रिय पति, बुबा र हजुरबुबा थिए। भनि पत्नीले वक्तब्यमा उल्लेख गरेकी छिन ।

उनी एक नौ सैनिकका पूर्व शैनिक थिए जसले भियतनाममा सेवा गरेका थिए । रेल्फ़ एक वकील, साना व्यापारी, र मिनेसोटा सीनेटमा समर्पित सार्वजनिक सेवक थिए, “पेगीले उक्त कुरा लेखेकी छिन् ।

श्रोत :एबिसी न्यूज

प्रतिक्रिया