हाम्रो सानो “ क्रिसमस रूख”

इनेप्लिज २०७७ पुष ४ गते १९:४३ मा प्रकाशित

पोहोर साल क्रिसमस सकिए पछि थन्काएको हाम्रो सानो”क्रिसमस रूख”फेरी निकाल्ने बेला भइ पो सकेछ।समय बित्न केही बेर नलाग्ने।खासमा हामी हिन्दु धर्मावलम्बी हौ,तर पनि म बर्षै पिच्छै यो रूख घरमा सजाउने गरेको छु।यो रूख सजाउनुको नि आफ्नै कथा छ। कुरा सन २००१ को क्रिसमस तिरको, हाम्रो पहिलो क्रिसमस अमेरीकामा,आजभन्दा १७ बर्ष अगाडीको हो।

“हुन त नेपालमा म पढेको स्कुलमा कहिलेकाही जिजस सम्बन्धी प्रवचन, फिल्म तथा जाडो महिनाको २ महिने छुट्टीमा होस्टेलबाट घर जानु अगाडी फिनल्यानबाट आएको सिस्टरहरू(नर्स) जो स्कुलको सानो अस्पताल हेर्नु काम गर्नु हुन्थ्यो।उँहाहरूले क्रिसमसमा नाचगान,खानपिन,र केही उपहारहरू सबैलाई दिएर मनाउने गरेकोले,क्रिसमस किन मनाइने रहेछ भन्ने केही जानकारी चैं थियो मलाई।”

छोरा ३ बर्षको थियो।बिहान एउटा र बेलुका अर्को प्रि स्कुल जान्थ्यो। क्रिसमसको समयमा कहिले के कहिले के अर्नामेन्ट बनाएर लेराउँथ्यो अनि भन्थ्यो “ क्रिसमस रूख” मा राख्ने।अब भरखर नेपालबाट आएको ३-४ महिना भएको ,डलर बराबर कति नेपाली पैसा हिसाब गर्ने बानी छुटी सकेकै थिएन ,केही खेलौनाहरू छोरालाई तथा अरू आवश्यक सामानहरू उपहार भनेर आफुलाई किनेको त थियौं ,रूख त किनेनौ।

क्रिसमसको दिन बिहान छोरालाई उपहार दिएको त रून पो थाल्यो, खोइ हाम्रो” क्रिसमस रूख “ खोइ मैले बनाएको अर्नामेन्ट ,शान्ताकल्जले रूखको तल उपहार राख्छ रे धेरै भन्न पो थाल्यो ,परेन त आपत । बच्चा न हो उपहारको खेलौना देखेर,फकाई फुल्याई गरेर त्यो बर्षको क्रिसमस सकियो।अर्को बर्ष बेलैमा सानो प्लाष्टिकको रूख किनेर ल्याएर ,आमा छोरा मिलेर सजायौं उसैले बनाएका थरिथरिका अर्नामेन्टले।

हो त्यो बेला,१६ बर्ष देखि तेही “क्रिसमस रूख” सजाउने गरेको छु ।पोहोर साल अलिक ढिलो भएको थियो सजाउन ।छोरा छुट्टीमा क्याम्पसबाट घर आउने साथ सोधिहाल्यो खोईत हाम्रो “ क्रिसमस रूख”,नसजाउने ? लौ अब मैले नसजाउनु त।यो रूख मात्र होइन की यसमा त हाम्रा धेरै सम्झना पो रहेछनत !!!!!

आउँदै गरेको क्रिसमसको शुभकामना सबैलाई

 

यौ लेख पुन प्रकाशीत् गरेको हो ।

 

 

प्रतिक्रिया