सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:२५
वासिङटन डिसी 15:40

युनाईटेड हवाई जहाजमा यात्रा गरि रहेका कोरोना संक्रमित यात्रीको मृत्यु

इनेप्लिज २०७७ पुष ४ गते १३:५२ मा प्रकाशित

अमेरिकामा आकाशमा उडिरहेको हवाईजहाजमा एक पुरुष यात्री अचानक बिरामी भै उनलाई आकस्मिक चिकित्सा उपचार गर्ने क्रममा उनको निधन भएको छ । उनलाई छाती दुखे पछि हवाई जहाज भित्रै स्वास प्रस्वासको प्राथमिक उपचार समेत दिईएको थियो । मुखमा मुख जोडेर समेत उनलाई अक्सिजन प्रदान गरिएको थियो ।

छटपटी भए पछि उडीरहेको हवाई जहाज उनको आकस्मिक उपचारको लागि फर्काएर ल्याईएको थियो । अमेरिकाको युनाइटेड एयर लाइन्सबाट उडेका उक्त व्यक्तिको निधन भएको हो ।

युनाइटेड फ्लाइट ५९१ मा उडेका उक्त पुरुष यात्री गत सोमबार न्यू ओर्लिन्समा अवतरण गरिएको थियो । स्वास्थ्यकर्मी(प्यारामेडिक्स)ले उक्त व्यक्तिलाई स्थानीय अस्पताल लागेका थिए भने जहाँ उसलाई मृत्यु घोषित गरिएको थियो ।

हवाईजहाज अधिकारीका अनुसार यात्रुकी पत्नीले आपतकालिन चिकित्सा प्राविधिकलाई उनका पति कोभिड सम्बन्धित लक्षणहरू थिए भनि बताएकी थिइन् । यात्रु भाइरस संक्रमित थिए या थिएनन् भनि अधिकारीहरूले पुष्टि गरेका छैनन्।

क्यामेरून रोबर्ट्स नामक यात्री पनि उडानमा थिए जसले छटपटी र अराजक दृश्य देखे पछि उनलाई मद्दत गर्न हतारिएका थिए ।

रोबर्ट्सले भने उक्त यात्री हाल क्वारेन्टाइन ( (स्वयम निगरानी )गरिरहेको बताए । रोबर्ट्सले भने, “यो देखेर दु: ख लाग्छ कि उनीहरूले आफ्नो परिवारको एक सदस्य गुमाए, तर रोबर्ट्सले भने,” तर उनीहरूले विमानमा आएको कुरा पनि गैरजिम्मेवारपूर्ण थियो। ”

श्रोत : एबिसी न्यूज

प्रतिक्रिया