प्रदेश १ मा १४३ डिस्चार्ज,४३ संक्रमित थपिए

इनेप्लिज २०७७ पुष ३ गते २३:२२ मा प्रकाशित

विराटनगर,३ पुस ।पछिल्लो २४ घण्टामा प्रदेश न.१ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् भने नयाँ २१ महिला सहित ४३ जना थपिएका छन्।

डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६,विराट मेडिकल कलेजबाट चार,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ।

नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४,मोरङमा १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई,संखुवासभा र खोटाङमा एकएक र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ।

आज सम्ममा प्रदेशमा दुई लाख लाख तीन हजार ४२६ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८४० छन्।आजै प्रदेशमा ५६२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयको भनाई छ।

प्रतिक्रिया