शनिबार, साउन १६ २०७८
काठमाडौं ०१:४८
वासिङटन डिसी 16:03

कोरोना बिरुद्धको खोप उपराष्ट्रपति पेन्सले शुक्रबार लगाउने ,बाइडेनले अर्को हप्ता

इनेप्लिज २०७७ पुष २ गते २:३४ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना बिरुद्धको खोप शुक्रबार सावर्जनिक रुपमा लगाउने भएका छन । यसै गरि उनको साथमा उनकी पत्नी करेन पेन्सलाई पनि शुक्रबार नै खोप दिइने भएको जानकारी उपराष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

उपराष्ट्रपति पेन्स सार्वजनिक रूपमा खोप लिने सबैभन्दा उच्च व्यक्ति मध्ये कै हुने छन्।

यता राष्ट्रपतिलाई गत अक्टोबरमा कोभिड भएकोले सार्वजनिक रुपमा लिने प्रतिबद्धता जाहेर गरेका छैनन भने उपयुक्त समय हेरी रहेको उनले बताए ।

उप राष्ट्रपतिको कार्यालयले पेन्स र दोस्रो महिला(पेन्स कि पत्नी)ले सार्वजनिक रुपमा यो खोप प्राप्त गर्नेछन र “खोपको सुरक्षा र प्रभावकारिता प्रबर्द्धन गर्न र अमेरिकी जनतामा विश्वास जगाउन ” भनेको छ ।

निर्वाचित राष्ट्रपति जो बाइडेनले अर्को हप्ता मै लिने भएका छन । उनले सम्भवत बुधबार अगाडी नै सार्वजनिक रुपमा नै लिने बताए ।

श्रोत : सिबिसी न्युज डटकम

प्रतिक्रिया