सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:३१
वासिङटन डिसी 16:46

मेरिल्याण्डका एक प्रहरीले आफ्नै प्रहरी अधिकारीलाई यौन आक्रमण गरेको कारण ७ बर्ष कैद सजाय

इनेप्लिज २०७७ पुष २ गते २:११ मा प्रकाशित

मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले आफ्नै प्रहरी अधिकारीलाई यौन आक्रमण गरेको कारण ७ बर्षको कैदको सजाय अदालतले सुनाएको छ । उक्त समाचार प्रिन्स जर्ज काउन्टी ब्युरो प्रमुख ट्रेसी विकिन्सले जनाएका छन् ।

उनलाई डिसेम्बर १६ बुधबार ,२०२० का दिन ७ बर्ष कैद सजाय सुनाईएको हो । उनलाई काउन्टीका न्यायधिशले पूर्व प्रहरी रिचार्ड टलेन्टलाई १० बर्ष फैसला सुनाएका थिए तर अन्य माफी गर्दै ७ बर्ष फैसला गरेका हुन। ४६ बर्षिय टलेन्टलाई गत बर्ष अप्रिल २०१९ मा निलम्बन गरिएको थियो भने उनले सन् २०१७ को फेब्रुअरीमा महिला प्रहरी माथि गिद्धे दृष्टि राखी यौन आक्रमण गरेका थिए ।

गत बर्ष २०१९ को डिसेम्बरमा उनि माथि अभियोग लागेको थियो । एक कार्यक्रममा फर्केर आए पछि उनले उक्त महिला प्रहरी माथि यौन आक्रमण गरेका थिए भने उनीहरुका साथीहरुले छुट्याई दिएका थिए । टलेन्टले सन् १९९७ मा प्रहरी बिभागमा प्रवेश गरेका थिए भने पछि उनलाई लागू पदार्थ बिभागमा जिम्मेवार सुम्पिएको थियो ।

उनि छुटे पछि पनि ४ बर्ष सम्म सुपरिवेक्षण अवधिमा बस्नु पर्ने र उनको मनोचिकित्सा मूल्यांकन गरिने छ । उनलाई जीवन भरिको लागि यौन अपराधीको लाहा छाप लाग्ने छ ।

श्रोत : एनबिसि वाशिंगटन डटकम

प्रतिक्रिया