बुधबार, असोज ६ २०७८
काठमाडौं १७:४१
वासिङटन डिसी 07:56

कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह औपचारिक रूपमा विघटन भएको -प्रेश विज्ञप्ति

इनेप्लिज २०७७ पुष १ गते २२:५२ मा प्रकाशित

 

डिसेम्बर १४ ,२०२०

प्रेश विज्ञप्ति

आदरणीय जनसमुदायमा हार्दिक अभिवादन !

कोरोना कोभिड-१९ को महामारीको अवस्थामा हाम्रो समुदायको आपत्कालिन मानवीय सेवा गर्नको लागि हामीले आजभन्दा १० महिना अगाडी न्यूयोर्कमा क्रियाशील विभिन्न सामाजिक/ राजनितिक संघ संस्थाहरू सम्मिलितमा सबैको समान प्रतिनिधित्व गर्दै हाम्रो साँझा समूहको रुपमा “कोरोना विरूद्धको सचेतना एवं सहयोग समुह” निर्माण गरेको सबैमा अवगत नै छ। यस अभियानमा आवस्यक छलफलहरू, निर्णयहरू र कार्यविभाजनहरू अनुरूप नै सबैले क्रियाशील हुदै नि:स्वार्थ रुपमा ईमान्दारीका साथ कार्यन्वयन र सहकार्य भयो भन्नेमा हामी विश्वस्त छौ ।यो समूहमा सहकर्मी मुख्य संस्थाहरू , फिप्ना तथा फिप्नाको सदस्य संस्थाहरु, जनसम्पर्क समिती, प्रवासी नेपाली एकता मन्च , नेपाली समाज अमेरीका, मधेशी एसोसिएशन अमेरीका र दर्शन ठकुरी समाज हुन ।

डिसेम्बर १३, २०२० साँझ ७:०० बजे यस समुहको मुख्य सहकर्मी संस्थाहरुको प्रतिनीधिहरु बीच कल कन्फ्रेन्स बैठक सम्पन्न भएको छ र यस बैठकले मुख्यगरेर दुई वटा बुँदामा निर्णय गरेको जानकारी यसै प्रेश विज्ञाप्ति मार्फत जानकारी गराउन चाहन्छौ ।

१ . कोरोना महामारीको विचमा नेपाली अमेरीकन समुदायमा क्रियाशील विभिन्न संघ संस्थाहरूले आपत्कालिन अवस्थामा मिलेर समुदायको सेवामा लागेको साथै यसले नेपालीहरू विचमा एकता , भातृत्व , सत्भाव र सहकार्यको सन्देश दिएको छ । यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरू , स्वयंसेवकहरू , व्यवस्थापक सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

२ . यो समुहले आपत्कालिन अवस्थामा समुदायको सेवामा धेरै राम्रा कामहरू गरेको कुरा सम्पुर्णलाई अवगत नै छ तर विगत ५/६ महिना यता यस समूहले कुनै पनि कामहरू गर्नुपरेको छैन । अहिले सामुदायिक सेवाका कामहरू आ-आफ्नो संस्थाहरूबाट पनि आवश्यकता अनुसार भईरहेको छ भने यस समुह बाट सामूहिक रूपमा गर्नु पर्ने आवस्यकता देखिदैन त्यसैले यो समूह हाल निष्क्रिय छ । तर यस समूहको नाममा विभिन्न गलत मनसायकासाथ क्रियाकलापहरू हुन नदिन, समुहले अहिलेसम्म गरेका राम्रा कामको साझा अपनत्व लिदै भविष्यमा पनि आवस्यकता अनुसार सहकार्य गर्ने वातावरण कायम राख्नको लागि यस समूह विघटन गर्नुपर्ने आवश्यक देखिएकोले नेपाल र नेपाली समुदायको लागी भईपरीआउने जुनसुकै समयमा पनि सबै नेपाली संघ संस्थाहरू एकजुट हुने प्रतिबद्धता व्यक्त गर्दै आज मिति डिसेम्बर १३, २०२० बाट यो समूह विघटन भएको निर्णय गर्दछौ।

साथै आजको मिती बाट यो समुहको नामबाट कुनै पनि गतिविधि नगर्न , नगराउन सबैमा हार्दिक अपिल गर्दछौ । कोरोनाको भ्याक्सिन आउने खबरले हामी उत्साहित छौ , आशा छ चाडै नै विश्वबाट कोरोनाको अन्त्य हुनेछ , आगामी दिनमा सबै वातावरण सामान्य भएपछी सबै स्वयंसेवक , स्पोन्सर तथा आयोजक संघ संस्थाहरूविचमा खुसियाली आदान-प्रदान गरिने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।

प्रस्तुत निर्णयलाई सहकार्य संघ संस्थाहरूको संयुक्त सर्वसम्मत निर्णय रहेको सबैमा हार्दिक जानकारी गराउदछौ।

१ . नेपाल आदिवासी जनजाति महासंघ अमेरीका र फिप्नाको सम्पुर्ण सदस्य संस्थाहरु – अध्यक्ष- लोक चेम्जोङ
२ . प्रवासी नेपाली एकता मन्च – अध्यक्ष- टेक गुरूङ
३ . नेपाली जनसम्पर्क समिती अमेरीका – सभापती – आनन्द विष्ट
४ . नेपाली समाज अमेरीका – अध्यक्ष- समिर महर्जन
५ . मधेसी एसोसिएशन अमेरीका – वरिष्ठ उपाध्यक्ष- सतेन्द्र शाह
६ . दर्शन ठकुरी समाज अमेरीका- अध्यक्ष- मिलन शाही

प्रतिक्रिया