एसियन लाईफको सुदूरपश्चिममै पहिलो एमडिआरटि बने केशब अवस्थी

वीरेन्द्र रावल २०७७ पुष १ गते २२:२२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, पौष १÷ एशियन लाईफ इन्स्योरेन्स क.ली.धनगढी शाखाका अभिकर्ता केशवराज अवस्थी पहिलो एमडिआरटि बन्न सफल भएका छन्।

राजनीतिक कर्मी एवं सुदूर पश्चिम प्रदेश सरकारको भौतिक पूवर्धाधार विकास मन्त्रीका स्वकीय सचिव समेत रहेका अवस्थीले मन्त्रालयको कामकाज संग संगै मन्त्रालयको काम सकिएपछि पनि उनले मानिसहरुलाई विमाको अवधारका बारेमा जानकारी दिने विमा गर्नका लागि प्रेरित गरेकै कारण आफु अभिकर्ता बनेको ४ महिनाको अवधी भित्रै एमडि आरटी बन्न सफल भएका हुन।

न्स्योरेन्स क.ली.धनगढी शाखाका शाखा मार्फत अभिकर्ता बनेका अवस्थी कैलाली शाखा मार्फत सुदूर पश्चिममै एक मात्र एमडि आरटी बन्न सफल भको कुरा न्स्योरेन्स क.ली.का सुदूरपश्चिम प्रदेश प्रमूख दिपकराज पन्तले बताएका छन ।

सुदूरपश्चिममै पहिलो पटक त्यो पनि चार महिनाको अवधीमा ३५ लाख प्रिमिएम जम्मा गर्न सफल भएका केशवराज अवस्थीको सम्मानमा एसिएन लाईफ एन्स्योरेन्स क.ली.धनगढी शाखाको आयोजनामा बुधबार धनगढीमा स्वागत तथा सम्मानको कार्यक्रम समेत गरिएको छ।सो अवसरका सुदूरपश्चिमाञ्चल प्रदेश प्रमूख दिपकराज अवस्थीले खादा ओडाउँदै खादा ओढाएर सम्मानीत गरेका थिए।

कैलाली शाखाका प्रवन्धक ललित साउँदको अध्यक्षतामा सम्पन्न भएको कायृक्तमको सञ्चालन अभिकर्ता कर्ण हमालले गरेका थिए भने स्वागत मन्तव्य अभिकर्ता बीरेन्द्र बहादुर रावलले गरेका थिए।सो अवसरमा अभिकर्ता,विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको समेत सहभागिता रहेको थियो।

सुदूरपश्चिममा रहेका १५ हजार अभिकर्तामा सक्रीयको संख्या त्यति धेरै नभएपनि तीं सबै अभिकर्ताको तुलनामा छोटो समयमा ४ महिनाको अवधीमा ३५ लाख प्रिमिएम बनाउनमा केशवराज अवस्थी एकनम्बरमा पर्नु भएको समेत धनगढी शाखाका प्रमूख ललित साउँदले बताएका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया