शनिबार, साउन ९ २०७८
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

बिबाह पंचमी मिथिला संस्कृतिको मुटु -अरुण रुपाखेती

इनेप्लिज २०७७ पुष १ गते १२:२० मा प्रकाशित

श्रृष्टीकर्ता प्रभुले संसार श्रृष्टी गर्दा प्राकृतिक शौन्दर्यताले लटरम्म सजाउँदै, जडीवुटीहरुले भण्डार भर्दै भगवान स्वयं आई तपस्या गर्ने तपोभुमी हाम्रो देश जाहाँवाट श्रृष्टीको शुरुवात भएको थियो । बिभिन्न जातजाती भेषभुषा, परम्परा, संस्कार, संस्कृतीवाट लटरम्म झुलीरहेको छ ।

यस क्षेत्र भगवानको कृडा स्थल र लिला स्थल समेत हो, त्यसैले त प्रभु कहिले कृष्ण अवतार, कहिले राम अवतार, कहिले वुध्द्द अवतारमा प्रकट भई धर्मको रक्षा गर्दै पापिहरुको नास गर्दै समाजलाई आदर्शको वाटो देखाई दिनुहुन्छ ।

धर्तिको यस क्षेत्रमा प्रत्यक्ष रुपमा आदी र नारायणका रुपमा प्रकट भएर आफ्नो लिला देखाउँदै दाम्पत्य जिवनमा वाँधिएर समाजलाई ठुलो संस्कार सिकाउनु भएको दिन हो विवाह पञ्चमी ।

त्तेत्रा युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिनमा राजा जनकले आफ्नी शुपुत्रिको स्वयम्वर छनौट गर्ने विशेष समारोहमा राख्नु भएको, आफुले पुजा गर्दै आउनु भएको शिवधनु राजा दशरथका जेष्ठ सुपुत्र भगवान रामले उठाई ताँदो दिँदा दुई टुक्रा पार्नु भए पछि लक्ष्मी रुपी सीता र नारायण रुपी रामको विवाह भव्य रुपमा सम्पन्न भएको थियो ।

विभिन्न विद्धवानहरुको अलग अलग मत भएता पनी गोस्वामी तुलसीदासले राममायणमा बर्णन गरे अनुसार प्राचिन मिथीलाको राजधानी जनकपुरको रंगभुमीमा आयोजना गरीएको उक्त समारोहमा छपन्नकोटी देवताहरुको उपस्थिती रहेको थियो । त्यस उपरान्त सितालाई मैथली छोरी वहिनी मानि मिथीलावासीहरुले हरेक वर्ष यस दिनमा राम सीता सशरिर नभए पनी अदृष्य रुपमा त्यहाँ उपस्थित हुनुहुने विश्वास गर्दै हर्षउल्लासका साथ प्रतिछायाँ जन्तीको आगमन देखी विवाह सम्म सम्पन्न गरी विवाह पञ्तमीको विशेष आयोजना गर्दछन ।

यसरी महोत्सव मनाउँदा मिथीलाको संस्कृती अनुसार मटकोर, तिलकोट सम्म स्वयंवर र विवाहको संस्कार समेत सम्पन्न गरीन्छ । पौराणीक मान्यता अनुसार राममन्दिरवाट पुजाआजा झाँकी सहित भगवान रामको प्रतिमालाई विशेष रुपमा निर्मीत डोला तथा सिंहाशनमा राखी रंगभुमीका पुर्याईन्छ । अकाृ तर्फ जानकी मन्दिरवाट सीता मैयाँलाई विशेष रुपमा सजाईएको डोलीमा राखी रंगभुमीमा लगिन्छ । रंगभुमीमा स्वयंवर विधी अनुसार स्वयंवर सम्पन्न गरीन्छ र सीता र रामलाई जानकी मन्दिर ल्याईन्छ । त्यसपछि मिथीला संस्कृती अनुसार विवाह सम्पन्न गरीन्छ । उक्त समयमा वर वधु दुवै तर्फवाट झाँकी सहति आआफ्नो कला कौशलताको प्रदर्शन गरीन्छ ।

श्रद्धालु भक्तजनहरु उक्त दिन विहानै देखी सुद्ध आचरणमा पवित्र सरोवरमा स्नान गरी पुजा आरधना, भजन कृतन, झाँकी, र प्रवचन गर्दै देवताको भक्तकरणको भावनामा समाहीत हुँदै मनोवान्छित फलको आशा राख्दछन ।

यसरी विवाह पञ्चमी मिथीला संस्कृतीको मुटु हो । अहिले आएर यस पर्वले क्रमश विश्व भरीका हिन्दु संस्कार प्रेमीहरुको एउटा ठुलो चाड बन्न पुगी सकेको छ ।

 

प्रतिक्रिया