बिहीबार, साउन १४ २०७८
काठमाडौं ००:५८
वासिङटन डिसी 15:13

सिनेटका बहुमत नेता मिच म्याकोनेलले दिए बाइडेनलाई बधाई

इनेप्लिज २०७७ पुष १ गते १२:११ मा प्रकाशित

अमेरिकी सिनेटका बहुमत नेता मिच म्याकोनेलले निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । उनले गत डिसेम्बर १४ का दिन निर्वाचकीय मतबाट आधिकारिक रुपमा बाइडेनको जीत भए पछि अन्त्यमा बधाई दिएका छन् ।

हुन् त म्याकोनेल जो बाइडेनका लामो समय देखिका साथी हुन् । साथै अनेकौ बिधेयक पारित गर्न दुवै जनाले एकसाथ काम गरेका छन् । उनले जो बाइडेनले बिजयी गरेर सारा संसारले बधाई दिए पछि ३८ दिन पछि बधाई सिनेटबाटै बोल्दै बधाई दिए ।

साथै बाइडेनको विजयीलाई स्वीकार गरे । ट्रम्प र ट्रम्प अभियानले बाइडेनको बिजयीलाई उल्टाउन र झन्डै ५० वटा जती मुद्धामा सर्वोच्च अदालतबाट अस्विकार र हारे पछि अन्त्यमा बधाई दिन बाध्य भएका हुन् ।

उनले हाम्रो देशमा आधिकारिक रूपमा राष्ट्रपति चुनेको छ र इलेक्ट्रोकलेज भोट (निर्वाचकीय मत )बोलेको छ भन्दै “आज, म निर्वाचित राष्ट्रपति जो बाइ डेनलाई बधाई दिन चाहन्छु,” जो व्यक्ति सेनेटका लागि “कुनै अपरिचित” छैनन्, जहाँ बाइ डेनले दशकौंसम्म डेलावेयरको प्रतिनिधित्व गरे भनि चर्चा समेत गरे ।

म्याकोनेलले उपराष्ट्रपतिले निर्वाचित कमला ह्यारिसलाई बधाई पनि दिए र भने कि “हाम्रो मतभिन्नता भन्दा पनि अमेरिकीहरूले पहिलो पटक महिला उप राष्ट्रपति चुनेकोमा गर्व गर्नसक्छौ ।”

श्रोत :सिएनएन

प्रतिक्रिया