निरपेक्ष जनताका भीड आखिर कस्का हुन् ?

दीपक पन्त २०७७ मंसिर ३० गते २२:२६ मा प्रकाशित

झन्डै तिन साता अघि देशै भरि राजाबादीहरुको जन लहर देखिएको थियो । पोखरा ,जनकपुरमा, धनगढी ,बिराटनगर लगायतका ठूला शहरहरुमा राजतन्त्रको पक्ष र संघीयताको विरोध गर्दै सडक प्रदर्शन भए । पोखराको प्रदर्शनमा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ र जनकपुरको प्रदर्शनमा ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानर थियो । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहकोतस्बिर अंकित टि–सर्ट लगाएर र राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा निस्केकाहरूको मुख्य माग थियो– राजतन्त्र फर्काउने, हिन्दु राज्य कायम गर्ने र संघीयता खारेज गर्ने ।

भीड को जन लहर /जन आक्रोश हेर्दा लाग्थ्यो , देश अब परिबर्तंन्मुख भइ सक्यो । संघीय गणतन्त्रात्मक राज्य व्यबस्थाको अब साच्चै नै दिन गन्ति शुरु भएको भान हुन्थ्यो ।

यसै हप्ता देखी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुँमा भएको दुर्ब्यबहार भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। यो सरकारप्रति सुरुदेखि नै नरम नीति लिएको कांग्रेस ,तनहुँमा पौडेलमाथि धरपकड भए पछि चिढिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरी सकेका छन्।

संघीय राजधानी काठमाडौं लगायतका प्रमुख सहरमा हजारौं कार्यकर्ताले सडकमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् । नेताहरू पनि प्रधानमन्त्री ओलीको कार्यशैली र भूमिकाप्रति आक्रामक रूपमा प्रस्तुत भएको पाइन्छ ।

कांग्रेस नेताहरूले पाँच वर्ष शासन सञ्चालन गर्ने जनमत पाएको नेकपा सरकार उल्टो दिशामा हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरीआफूमा शक्ति केन्द्रित गरेर सुरुदेखि नै सर्वसत्तावादको अभ्यासमा लागेको उनीहरूले बताए । प्रधानमन्त्रीको कार्यशैलीले सडकमा राजावादीले उठ्ने मौका पाएको उनीहरूको ठम्याइ थियो ।

एक सभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपीशर्मा ओली सडकमा नाङ्गै हिँडि राखेको आरोप लगाएका छन्। सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ।सिंहदरबार गए पुग्छ,’ उनले भने।

७७ जिल्लामा आयोजना गरिने विरोध सभालाई पार्टी सभापति शेरबहादुर देउवा देखि वरिष्ठ नेतारामचन्द्र पौडेल सम्मले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसै सिलसिलामा काग्रेस केन्द्रीय सदस्य तथा पूर्ब मन्त्री शंकर भण्डारीले सिरहाको सभालाईसम्बोधन गरेका थिए । भण्डारीले नेकपा सरकार भ्रष्टचारको दलदलमा फसेको बताउदैराजनैतिक इतिहाँस रचेको काँग्रेस लाई कमजोरीका रुपमा नसोच्न चुनौती दिएका थिए ।

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, सहमहामन्त्री महतलेझापा, अर्का सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटाको सभालाई सम्बोधन गरेका थिए । काँग्रेसका यी सबै जनसभाहरुमा कोरोना महामारीको कुनै पर्वाह नगरी जनभार देखिएका थिए ।

अब प्रश्न उठ्छ ? बास्तबिक जनता को हुन् ? र उनीहरु के चाहन्छन ? केही दिन अघि राजाबादीहरुको बिरोध सभामा पनि उस्तै जन लहर थियो । आज प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आयोजना गरेको बिरोध सभामा पनि ब्यापक जनता सहभागी भएको देखिन्छ ।

यो ट्रेन्ड हेर्दा भोली कुनै बिषयमा सत्तासिन नेकपाले आयोजना गर्ने सभामा पनि हजारौ जनता सडकमा आए भने आश्चर्य मान्नु पर्ने देखिदैन् । दमदार आवाज र प्रस्ट बक्ताको छबि बनाएका यूवा अभियन्ता ज्ञानेन्द्र शाही सँग योहोटेलिभिजनमा बरिष्ट संचारकर्मी जीवराम भण्डारीले हालसालै लिएको अन्तर्वार्ता पनि कम घतलाग्दो छैन |

दलीय मुकुण्डो निकाल्ने हो भने यूवा अभियन्ता ज्ञानेन्द्र शाहीको जनताका जिबिका उत्थानका सम्बन्धमा प्रस्तुत बिचार, प्रस्तावना र परिबर्तनका बिषयमा पनि दम देखिन्छ । आम नेपाली जन समुदायको लागि शिक्षा, स्वास्थ्य,रोजगारमा सर्ब साधारणको पहुँच ब्यबस्थापन तथा अनिच्छितदलीय व्यवस्थाको स्वरूपीय खर्च ब्यबस्थापनको लागि उनको प्रस्ताब मनन योग्य रहेको छ ।

अभियन्ता शाहीको आत्मविश्वास र आजको दलीय राजनीतिक स्खलित अबस्था हेर्दा यूवा जमात भनौ वा नेपाली जनता भोली उनकै अभियानमा लाखौ जनता सडकमा जोडीन आए भने त्योपनि आश्चर्य नमान्दा हुन्छ ।

त्यसै गरी जनताकै नाममा भूमिगत राजनीतिमा सकृय समुह पनि अझै विद्यमान नै रहेका छन् । नयाँ पार्टी ,नयाँ सोच र समुहको दावा गर्ने साझा बिबेकशील तथा संघीय समाजबादी पार्टीकासमेत कार्यक्रम हरु हेर्दा जनताको भीड राम्रै देखिन्छ ।

आखिर यी सबै दलीय बाजामा नाच्न जाने भीड एउटै जमात हो कि ? भिन्न भिन्न ? आम सर्बसाधारण जनता भ्रमित भएको देखिन्छ । नव इतिहाँस रच्ने राजनैतिक युग पुरुषले त्यो भीडलाइ चिरा चिरा नपारे सम्म निरपेक्ष जनताको भिड यत्र /तत्र /सर्बत्र देखिने कुरामा द्वबिधा नहोला ।

हेर्दै जाउ समय र राजनैतिक हुरीले जनताका नाममा लगाइने राजनैतिक हाट बजारका मुल्य कहिले सम्म सोझा सिधा नेपाली जनता सामु बिक्ने हो ? इतिहाँसले अबस्य एक दिन मुल्यांकन गर्ला भन्दा अन्यथा नहोला ।

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया