पुस ११ गते हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले आयोजना हुँदै

इनेप्लिज २०७७ मंसिर ३० गते १०:४६ मा प्रकाशित


काठमाडौं।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ।कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइन र सोसियल प्लाटफर्ममार्फत हुनेछ।

हुवावेले मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश संस्था तथा कर्पोरेट संस्थाहरूको सहकार्य रहेको छ।नेपाल टेलिकम र जिनस सोलुसनको इन एशोसिएशन रहेको कार्यक्रममा फोन पे पावर्ड वाई र नेपाल दूरसञ्चार प्राधिकरण विशेष सहयोगी संस्थाको रूपमा रहेका छन्।अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कारहरू प्रदान गरिनेछ।यस वर्षको आइसिटी अवार्ड २०२० मा स्वदेश तथा विदेशबाट ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए।कारोनाको विषम परिस्थितिमा पनि यो वर्ष अहिलेसम्मकै उत्साहजनक सहभागिता रहेको उनले बताए।

हुवावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी सदस्य रहेका छन् भने १४ जनाको विशिष्ट सल्लाहकार समिति रहेको छ।गत भदौ महिनादेखि शुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको छ।२५ भन्दा बढी भर्चुअल मिटिङ आयोजना भएको र छनौट प्रक्रियाको लागि उच्चतम रूपमा प्रविधिको प्रयोग गरिएको जुरी संयोजक सुशील पोखरेलले बताए। पछिल्लो समय आइसिटी अवार्डको आकर्षण अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भइरहेको र हुवावेसँगको सहकार्यले यसलाई थप उचाई दिएको पोखरेलकोे भनाइ छ।

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ।डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड,वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ।

हुवावे आइसिटी अवार्ड २०२० मा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

के के पाउँछन् अवार्ड विजेताले ?

आइसिटी अवार्ड २०२० का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् । यो सम्मानलाई नेपालको सूचना प्रविधिको क्षेत्रमा एक विशिष्ट अवार्डको रूपमा लिने गरिन्छ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड,राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउनेछन्।यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन्।इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । यो विधाका विजेतालाई एनसेलले सहयोग गर्नेछ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ । ४ विधाका सर्वोत्कृष्टलाई ई–सेवाले २५ हजार बराबरको आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

शीर्ष प्रायोजक हुवावे नेपालको बारेमा,हुवावे नेपाल २१ वर्षदेखि नेपाल आइसिटी उद्योगमा सेवा गर्दै आएको छ।१९९९ देखि हुवावेले द्दन्रघन्रद्धन् टेक्नोलोजी र समाधान नेपालमा दिइरहेको छ।दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै ‘डिजिटल नेपाल’को जग निर्माण गर्न हुवावेको योगदान महत्वपुर्ण रहेको छ।नेपालका २ करोडभन्दा बढी जनसंख्याले हुवावेको समाधानबाट फाइदा पाइरहेका छन्। स्थानीय योगदानमा हुवावेले नेपालमा विगत २१ वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सृजना गरेको छ।भविष्यमा हुवावेले नेपाललाई नयाँ प्रविधि जस्तै फाइभजी, क्लाउड र एआईको प्रयोगमा जोड दिँदै डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ।

 

प्रतिक्रिया