टिकटकमा भाईरल खिर पुरीवालीको श्रीमान भन्छन उसले गाडीमा आमालाई सम्झाउँदै गर्दा म भावुक भएको थिए

इनेप्लिज २०७७ मंसिर ३० गते २:१६ मा प्रकाशित

यतिबेला सोशल मिडियामा जताततै खिरपुरीवाली बेहुलीको मात्र चर्चा भईरहेको छ । उनको बिहेमा जन्मघर छाडेर श्रीमानसंगै कर्म घर जाँदै गर्दा उनले गाडीभित्रैबाट बोलेका कुराहरुले उनलाई निकै नै चर्चित बनाएको छ । अन्मिएर पराईघर जाने बेहुलीहरु धेरै हुन्छन् तर उनी ती धेरै मध्यकी फरक बेहुलीको रुपमा चिनिन सफल भईन् । यतिबेलाको यो समयमा उनको त्यो सानो टिकटक भिडियोसंगै पुरै अन्तरवार्ता नै भाइरल भई रहेको छ ।

ती खिरपुरीवाली भनेर चिनिएकी बेहुलीको नाम शान्ति मुडभरी हो । भने उनलाई पोखरादेखि धनगढीसम्म बेहुला बनेर लिन गएका श्रीमान चिरञ्जीवी ओझा हुन् । पुर्खेउली घर अछाम भएका चिरञ्जीवीको बसाई यतिबेला पोखरामा रहेको छ । आफ्नी दुलहीलाई बिहे गरेर धनगढी लिन गएका चिरञ्जीवी तब निकै नै भावुक बनेको बताउँछन् जब श्रीमती शान्तिले आफ्नी आमालाई नरुनुभन्दै सम्झाएई रहेकी थिईन् । त्यतिबेला टिकटकमा शान्ति त भाईरल भईन् तर उनका श्रीमान चिरञ्जीवी भने गाडीभित्रै भावुक थिए । भिडियो सहित

https://www.youtube.com/watch?v=rx1WpUtJJrk&feature=emb_logo

प्रतिक्रिया