ट्रम्पले अन्तिम अस्त्र जनवरी ६ मा छोड्ने , रिपब्लिकनका साँसदले नै पार्टी छाडे

अनिलभक्त खरेल २०७७ मंसिर ३० गते १:२१ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जसरी पनि आफ्नो पक्षमा पार्ने योजनाका साथ राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई सुप्रिम कोर्टको न्यायाधीशमा नियुक्त गरे पनि उन्को प्रयास अहिले आएर व्यर्थ भएको छ अर्थात् बालुवामा महल खडा गरे जस्तै भयो ।

बालुवामा महल खडा गरे जस्तै भयो 

आफ्नो अर्थात रिपब्लिकनको पक्षमा २ तिहाई न्यायाधीश हुँदा पनि अदालतले ट्रम्पको पक्षमा कुनै फैसला नसुनाउनुले अमेरिकी अदालतप्रति सबैको सम्मान जागेको छ । आम जनतालाई २० बर्ष अगाडिको एलगोर र जर्ज बुस जुनियरको इतिहास फेरि दोहोरिन्छ कि भन्ने शंका थियो तर अदालतले जनताको त्यो शंकालाई हटाईदिएको कारण अदालतप्रति अझै बढी सम्मान बढेको छ ।

अमेरिकी अदालत कुनैपनि व्यक्ति, संस्था र पार्टीको पक्षमा हुँदैन भन्ने सन्देश दिएको छ । अदालत जहिले पनि तटस्थ हुन्छ । कानुन, न्यायको पक्षमा नै हुन्छ र हुनुपर्छ भन्ने सन्देश विश्वलाई दिएको छ ।

आफुले हारेका राज्यहरुमध्ये मुख्यतः पेन्सलभेनिया, जर्जिया, मिसिगन,विस्कनसिन राज्यका हुलाकी मतलाई अबैधानिक घोषणा गर्नको लागि टेक्सास राज्यका वकील केन पाक्सटनले सर्वोच्च अदालतमा हालेको मुद्दालाई अदालतले गत शुक्रवार डिसेम्बर ११ मा खारेजी गरे संगै ट्रम्प माथि ठुलो मानसिक दवाव परेको छ तैपनि उनी अझै आफ्नो हार स्वीकार्न गर्न सकिरहेका छैनन् ।

कानुन, न्यायको पक्षमा नै हुन्छ र हुनुपर्छ भन्ने सन्देश विश्वलाई दिएको छ 

स्मरण रहोस् यस अघि ट्रम्पका समर्थक वकीलहरुले ती ४ राज्य सहित अन्य राज्यमा गरि झण्डै ५ दर्जन मुद्धा हाले पनि सबै मुद्दा हारि सकेका थिए । ट्रम्पले मुद्दा मामिलाको लागि अन्तिम अस्त्रको रुपमा सर्वोच्च अदालतलाई हेरेका थिए । सर्वोच्च अदालतको ९ सदस्यीय न्यायाधीश मध्ये रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेका ६ जना न्यायाधीशहरु हुनुले टम्पमा आशा पलाउनु स्वभाविक नै हो । अदालतको उनीहरुलाई निरास बनाएसंगै अब अन्यथा केही भएन भने वाइडेन अमेरिकाको ४६ औं राष्टपति हुनेछन् किनकि आज वाइडेनले ३०६ इलेक्टोरल पाइसकेका छन् जबकी राष्टपति हुन जम्मा २७० मत चाहिन्छ ।

आज राजधानी डिसीका अलावा ५० राज्यका ५३८ इलेक्टोरल मध्ये ३०६ इलेक्टोलरले वाइडेनलाई मत दिएर विजयी गराए पनि ट्रम्प र रिपब्लिकनहरुले हार स्वीकार गर्न नसक्नुले अमेरिकी राजनीतिमा अर्को अध्याय सुरुवात भएको छ । वाइडेनको विजयलाई रिपब्लिकनका लिडरहरुले समेत स्वीकार नगर्नु प्रजातान्त्रिक अभ्यासको उपहास बताउँदै सन् २०१६ तथा २०२० मा रिपब्लिकन पार्टीबाट मिसिगन राज्यको १० डिस्ट्रिकबाट हाउसमा जितेका हाउस अफ रेप्रिजेन्टिभ पल मिचेलले पार्टी छोडेको घोषणा गर्नुले रिपब्ल्किन पार्टीलाई ठुलो धक्का लागेको छ । रिपब्लिकनमा पहिरो जान सुरु भएको छ अब के कति क्षति भयो रिपब्लिकनका अडिटरहरुले अडिट गर्लान् नै ।

ट्रम्पले असली खेल त अझै सुरु भएको छैन भनेर यत्तिकै भनेका नहोलान् ?

हुन त प्रेम र युद्धमा जे पनि जायज हुन्छ भनेझैं टम्पले अझै हार स्वीकार गरिनसकेको अवस्थामा राष्टपतिको युद्द र कुर्सीको प्रेममा के कस्ता बबण्डर मच्चाइने हुन् यसै भन्न सकिन्न किनकि वाइडेनलाई राष्टपतिमा विजयी भएको घोषणा उपराष्टपतिलेनै गर्नुपर्नेछ । आज डिसेम्बर १४ मा भएको चुनावी नतिजाको घोषणा ६ जनवरी २०२१ का दिन सबै सिनेट सदस्य, हाउस प्रतिनिधिका सामु उप राष्टपति माइक पेन्सले गर्नुपर्नेछ । वाइडेन विजयी भएको घोषणा गर्नु पूर्व कुनैपनि सिनेट सदस्य वा हाउस प्रतिनिधिले वाइडेन विजयी हुन नसक्ने बारे ५ मिनेट आफ्नो राय राख्न पाउने व्यवस्था छ ।

त्यो बोल्ने सिनेटर वा हाउस प्रतिनिधिको रायलाई १ जना प्रस्तावक र १ जना समर्थकले साथ दिएको खण्डमा सोही दिन कंग्रेसमा (हाउस र सिनेटमा) राष्टपतिको लागि गोप्य मतदान हुनेछ । सोही दिन दुबै सदनलेनै राष्टपतिलाई निर्वाचित गर्नुपर्ने हुन्छ । रिपब्लिकनहरुले आफ्नो पक्षमा सिनेटको बहुमत पुग्ने आंकल गरेकै कारण ट्रम्पले सो अन्तिम अस्त्र प्रयोग नगर्लान् भनेर भन्न सकिन्न । स्मरण रहोस् अहिले रिपब्लिकनको पक्षमा ५० सिनेटर छन् । यदि चुनाव हुन बाँकी रहेको जर्जियाको २ सिट मध्ये रिपब्लिकनले १ सिट मात्रै जित्यो भने सिनेट रिपब्लिकनको कब्जामा जानेछ अर्थात् ५१ सिट भयो भने सिनेटमा बहुमत हुन्छ ।

ट्रम्पले असली खेल त अझै सुरु भएको छैन भनेर यत्तिकै भनेका नहोलान् ? हुन त अमेरिकाको कंग्रेस (सिनेट र हाउस) का प्रतिनिधिलाई पार्टीको ह्वीप लाग्दैन । आजै पार्टी छोडेको घोषणा गरेका हाउसका प्रतिनिधि पल मिचेललाई पनि पार्टीको ह्वीप लाग्दैन । यस अघिनै केही रिपब्लिकन सिनेटरहरुले वाइडेनलाई बधाई दिइसकेका कारण टम्पको सपना दिवा सपना नै नहोला भन्न सकिन्न ।

जनवरी ६ टम्पले सोचेजस्तो सहज र सजिलो छैन । त्यो उन्को लागि आत्मरति मात्र पनि हुन सक्छ । ट्रम्पका खास मान्छेमा गनिएका उपराष्ट्रपति माइक पेन्स जनवरी ६ तारिखका दिन कसरी प्रस्तुत होलान् त्यो पनि प्रतीक्षाकै बिषय भएको छ ।

झण्डै आधा दर्जन क्रिमिनल मुद्दा तथा कर छली मुद्दा झेलिरहेका ट्रम्पका आगामी दिन कठोर र कहाली लाग्दा हुनसक्छन् त्यही भएर नै उनले अहिले अने तिकडम अपनाई रहेको हुनुपर्छ ।

हैन भने उनलाई अझै सजिलै हार स्वीकार गर्न किन र कसरी गाह्रो भैरहेको छ ? आम अमेरिकी नागरिक प्रश्न गरिरहेका छन् । अब ट्रम्प कसरी सेफ ल्याडिड होलान् त्यो भने समयलाई छोडिदिउँ ।

अस्तु ! भर्जिनिया, अमेरिका

प्रतिक्रिया