काठमाडौं।गायक तथा समाजसेवी राज खम्बुले आफ्नी स्व.श्रीमती अन्सु राईको ३२ औ जन्मोत्सबको अवसरमा उदाहरणिय काम गरेका छन्।संयुत्त अपाङ्ग एकता अवाज केन्द्रलाई राजले १ लाख २१ हजार रुपैया सहयोग गरेका छन्।सो रकम सामाजिक अभियान्ता पुन्य गौतमको हातबाट हस्तान्तरण गरेका छन्।
स्व.अन्सु राई २ वर्ष अगाडी ३० वर्षको उमेरमा मस्तिष्क घातको कारणले बित्नु भएको थियो।स्व.अन्सु पेशाले नर्ष संगै कलाकारितामा पनि अगाडी थिइन्।उहाले विभिन्न नाटकसंगै धेरै गीतहरुमा कोरियोग्राफरको काम पनि गर्नुभएको थियो। राज र अन्सुको २ सन्तानहरु ९ वर्षका एलिएन्स र ४ वर्षकी अलुम्न छन्।छोरी अलुम्न १८ महिनाको हुदा बित्नु भएको थियो।
गायक राज खम्बुले आफ्ना गीत–सृजनाहरुमा आफ्नी स्व.श्रीमतीका लागी समर्पित गर्ने गरेका छन्।खम्बुको धरै गीतहरु दर्शक माझ लोकप्रिय बनिसकेका छन्।
प्रतिक्रिया