शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०५:३९
वासिङटन डिसी 19:54

बाइडेनले ३०६ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण

इनेप्लिज २०७७ मंसिर २९ गते २२:३२ मा प्रकाशित

डिसेम्वर १४ ,डिसी । आज सम्पन्न भएको ईलेक्ट्रोरल कलेज भोट( निर्वाचकिय मतदान)बाट जो बाईडेनले ३०६ मत प्राप्त गर्दै आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भएका छन । आधिकारिक रुपमा अमेरिकाका ५० वटै राज्यहरुले बाइडेनले जितेको भन्दै आधिकारिक रुपमा प्रमाणित गरेका छन ।

इलेक्टोरलहरुले मतदान गरे पछि आगामी जनवरी ६ ,२०२१ का दिन कंग्रेसले बाइडेन बिजयी भएको अनुमोदन गर्नु पर्ने छ । अनुमोदन भए पछि जनवरी २० का दिन बाइडेनले सपथ ग्रहण लिनेछन ।

अमेरिकामा पराजित हुने उम्मेदवारले नतिजा घोषणा भए पछि हार स्वीकार गर्ने प्रचलन छ भने यस पटक ट्रम्पले अझ पनि हार स्वीकार गरेका छैनन । उनले बाइडेनको जीतलाई स्वीकार नगरी चुनावमा धाधली भयो भन्दै २ दर्जन भन्दा मुद्धा तल्लो अदालतमा हालेका थिए तर सबै मुद्धाहरु अदालतले खारेज गरेको थियो ।

अन्तिम अवस्था सम्म ट्रम्पले नै मनोनित गरेका सर्वोच्च अदालतका ३ जना न्यायाधिशहरुले समेत ट्रम्पले हालेको मुद्धालाई अस्विकार गरे पछि ट्रम्पलाई ठूलो झट्का लागेको थियो । सर्वोच्च अदालतले दुई पटक ट्रम्प र ट्रम्प अभियानले हालेको सर्वाधिक सशक्त मुद्धालाई समेत अस्विकार गरि दिएको थियो ।

अमेरिकामा ज्यादा मत अर्थात लोकप्रिय मत बढी ल्याउदा पनि २०१६ मा यही ईलेक्ट्रोरल मतको कारण राष्ट्रपति डोनाल्ड ट्रम्प सँग पराजित भएकी थिईन । चुनाव हार्नेले बिजयी हुनेलाई सिधै कुरै गरेर बधाई दिने समेत चलन छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई बधाई दिएकी थिइन् ।

उन्ले ट्रम्प भन्दा ३० लाख बढी मत ल्याएता पनि चुनाव हारेकी थिइन ।

बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त गर्नु पर्ने रहकोले उन्ले ३०६ मत प्राप्त गर्दै अव उनि ह्वाईट हाउसमा जाने पक्का भएको छ ।

बाइडेनले आजै साँझमा सम्बोधन गर्ने बुझिएको छ ।

श्रोत : सिएनएन/ वासिगटन पोष्ट

प्रतिक्रिया