नेपालमा एकैदिनमा ८२१ जना कोरोनाबाट सक्रमित ,८४२ जना निको

इनेप्लिज २०७७ मंसिर २९ गते ११:४० मा प्रकाशित

नेपालमा एकदिनमा कोरोना भाइरसबाट ८ सय २१ जना संक्रमित भएका छन् । उक्त तथ्यांक पछिल्लो २४ घण्टामा लिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ । यसै संगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ जना पुगेको छ ।

यसै गरि पीसीआर विधिबाट ५ हजार ४ सय १७ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४९ हजार २ सय ४४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।

मन्त्रालयले हालसम्म नेपालमा १० हजार ९ सय ५५ जना एकान्तवास (आइसोलेसन) र ४ सय ७१ जना स्वयम निगरानी (क्वारेन्टिन)रहेको जनाएको छ ।

प्रतिक्रिया