पुरातनवादीहरू किन उन्नाईसौँ शताब्दी फर्कन्छन?
परिवर्तित व्यवस्थालाई किन विकृति तर्फ ठकल्छन?
परम्परागत शक्तिहरु खोइ कहिले आफै बदल्छन?
सबै परिवर्तनकारी शक्तिहरुले पाठ अब सिकाउँछन।
पुरातनवादी र परम्परागत शक्ति नसलबलाउनु है।
अब एक्काईसौं शताब्दीमा परिवर्तनकारी हामी है,
व्यवस्था फेर्न तिर होइन, आफु फेरिनु जरुरी छ है।
आफो भलो त जगत भलो भन्ने सोच आजै छोडौ है।
अब पनि हाम्रा नेताज्युहरु नसुध्रे संघीयता जोगाउन लाई
हामी गर्छौ संस्थागत लोकतन्त्र, गणतन्त्र, समावेशीतालाई
यि सबैको रक्षा र संवद्र्धनका लागि हामी सधै लडने छौं
हाम्रा नेताज्युहरुले खुट्टा ताने पनि हामी हात तान्न तयार छौं।
सोमनाथ घिमिरे
न्युयोर्क, अमेरिका
प्रतिक्रिया