शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

फ्लोरिडामा पत्नी र सासुलाई गोली हानी हत्या गर्नेले स्वयमलाई गोली हाने,३ जना सन्तानहरु बालबाल बचे

इनेप्लिज २०७७ मंसिर २९ गते ०:०७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा एक व्यक्तिले आफ्नी पत्नी र सासुलाई गोली हानी हत्या गरेका छन । उनले दुवैलाई गोली हाने पछि आफूले आफैलाई गोली हान्दा उनको मृत्यु भएको छ ।

उक्त घटना दक्षिण फ्लोरिडामा भएको हो । उक्त गोली चलाउदा उनको घरमा रहेका ३ जना बच्चाहरु भने बाल बाल बचेका थिए । फ्लोरिडाको ब्रोवार्ड काउन्टी शेरिफ(प्रहरी) कार्यालयका अनुसार गत शनिबार डिसेम्बर १२ क दिन बिहानै समयमा गोलीकाण्ड बारेमा खबर प्राप्त गरेका थिए ।

खबर पाउना साथ उनीहरुको ट्यामाराक स्थित घरमा आउदा उनिहरुको सहयोगले ४,८ र ११ बर्षका बच्चाहरुलाई सुत्ने कोठाको झ्यालबाट सुरक्षित रुपमा बाहिर निकालिएको जनाएका छन ।

जव स्वाट(विशेष हतियार र रणनीति)टोली घरमा प्रवेश गर्दा उनीहरुले क्लोड़ी सिलभेर्ने नामक महिलालाई मृत अवस्था फेला पारेका थिए । उनीहरुले अर्को महिला गम्भीर घाइते अवस्थामा उक्त घरमा पाएका थिए ।

घाइते भएकी महिलालाई अस्पताल लागिएको थियो भने उनको अस्पताल मै मृत्यु भएको थियो । ब्रोवार्ड काउन्टी शेरिफ(प्रहरी) कार्यालयले महिलाहरुको नाम सार्वजनिक गरेको छैन ।

श्रोत :डब्लुपिटिभी डटकम

प्रतिक्रिया