नेपालगन्ज खस ,उर्दु अबधी र थारु भाषा साहित्यले समृद्द छ : सनत रेग्मी

इनेप्लिज २०७७ मंसिर २८ गते १९:१८ मा प्रकाशित

पश्चिम नेपालको प्रमुख शहर नेपालगन्ज ब्यापार र प्रशासनिक केन्द्र मात्र नभई खस्यान ,मुस्लिम ,अबधी र थारु भाषा संस्कृतिको पनि समृद्द केन्द्र रहेको प्रशिद्द कथाकार एबम नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले बताए । कुनै बेला उर्दु साहित्यको केन्द्र बिन्दु रहेको यो सहरले मोतीराम भट्ट कालमा काठमाडौंमा उर्दु शायरी गजल पुर्याई नेपाली साहित्यलाई समेत गुन लगाएको थियो ।

अहिले तुलानात्मक रुपमा थारु , नेपाली र अबधी साहित्यको गतिबिधी बढी रहे पनि उर्दु साहित्य बिगतका बर्षहरु जस्तै फस्टाई रहेको छैन । नेपाली साहित्य समृद्ध हुन नेपाल भरि बोलिने सबै भाषाका साहित्यहरुको प्रबर्द्धन हुनु पर्दछ । ती सबै नेपाली भाषा साहित्यको फराकिलो दायरा भित्र अटाउनु पर्छ । रेग्मीले उक्त कुरा गैरआवासिय नेपाली संघको साप्ताहिक अनलाइन साहित्यिक कार्यक्रम प्रवासी प्रवाहको उनन्तिसौ शृङ्खलामा ब्यक्त गरेका हुन ।

आफू प्रज्ञाको सदस्य सचिव हुदा गैरआवासिय नेपाली सङ्घ सङ्ग भाषा साहित्यका लागि संयुक्त रुपमा काम गर्न थाल्ने सहमती भएको समेत उहाले बताउनु भयो । प्रज्ञा र संघले नेपाली साहित्यका कृतिलाई बिदेशी भाषामा अनुबाद गर्ने कार्यलाई व्यापक रुपमा अगाडि बढाउनु पर्ने आबश्यकता रहेको छ , उहाँले अगाडि भन्नू भयो ।

कार्यक्रममा अमेरिकाका नेपाली साहित्यकार बिनोद रोकाले प्रज्ञा र सङ्घले नेपाली लेखकका पुस्तकहरुलाई अनलाइन पोर्टलमा प्रकाशित गर्ने र राख्ने कार्य शुरु गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी मलावी ,अफ्रिका स्थित नेपाली लेखक दुर्गा बिनयले आफू रहेको समाज र संस्कृतिलाई नेपाली साहित्यमा ल्याई नेपाली साहित्यलाई समृद्द बनाउनु पर्ने बताउनु भयो । तीन कथा सङ्ग्रह प्रकाशित गरिसकेका बिनयले अब एकैसाथ अफ्रिका माथी लेखिएका उनका एक कथा सङ्ग्रह र एक नियात्रा सङ्ग्रह प्रकाशन हुन लागेको जानकारी गराउनु भयो ।

सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समितिका मिडिया संयोजक गौतम दाहालले संचालन गर्नु भएको कार्यक्रमको सहजीकरण सदस्य सचिव भगवती बस्नेतले गर्नु भएको थियो

प्रतिक्रिया