नेपालमा एकैदिनमा कोरोनाबाट ८३० जना सक्रमित ,९ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर २८ गते १३:५३ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाभाइरसबाट ८ सय ३० जना सक्रमित भएका छन । पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना संक्रमित निको भएर अस्पताल मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ जना पुगेको छ ।

पीसीआर विधिबाट ५ हजार १८१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ३१ हजार ४१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १० हजार ९ सय ९४ जना एकान्तवास (आइसोलेसन)र ५१६ जना स्वयम निगरानी (क्वारेन्टिन)मा छन् ।

प्रतिक्रिया