शनिबार, साउन १६ २०७८
काठमाडौं ०९:२५
वासिङटन डिसी 23:40

तेक्वाण्डो टेक्निकल सेमिनर विराटनगरमा हुने

इनेप्लिज २०७७ मंसिर २८ गते १३:३१ मा प्रकाशित

विराटनगर,२८ मङ्सिर।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा हुने प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनर कोर्षको उद्घाटन गर्ने हुनु भएको छ।

प्रदेश आइटीएफ तेक्वाण्डो संघको आयोजनामा आगामी पुस ३ देखि ४ गतेसम्म विराटनगर हुने दुई दिने सेमिनार कोर्षमा १४ जिल्लाका १२० खेलाडीको सहभागिता हुने आइटिएफका प्रदेश सदस्य तथा कार्यत्रक्रम संयोजक जीतन थापाले जानकारी दिनु भयो।

आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रमा युव एवं युवतीको आकर्षण कायम गर्ने उद्देश्यले सेमिनरको तयारी गरिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिनु भयो।

कोरोना माहामारीले खेलकुद क्षेत्रलाई ठप्प पारेको अहिलेको अवस्थामा यसक्षेत्रको विकास गर्ने उद्देश्यले टेक्निकल सेमिनरको आयोजना गर्न लागेको उपाध्यक्ष कार्कीले बताउनु भयो।

समिनार खेलाडीहरूको लागि लाभदायी हुने उहाँले भन्नु भयो।सामाजिक विकास मन्त्री जीवन घिमिरेले टेक्निकल कोर्षको समापन गर्नु हुने भएको छ।

नेपाल आइटीएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाको सहभागिता सहित हुने सेमिनारमा प्रशिक्षकहरुमा आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ट कमिटिका अध्यक्ष घमबहादुर थापा,प्रदेशका उपाध्यक्षद्वय चुर्तरलाल चौधरी र राजेन्द्र धिमाल हुनुहुन्छ।

सेमिनरमा खेलाडीहरूलाई प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण दिन केन्द्रीय उपाध्यक्ष कार्कीले बताउनु भयो।

प्रतिक्रिया