उसले प्रेम प्रस्ताव राखी

अर्जुन थापा २०७७ मंसिर २७ गते ११:३० मा प्रकाशित


रत्ने झ्यालबाट बाहिर नियाल्दै लामो श्वास लियो ,खासमा उसको नाम रतन बहादुर हो तर सबैले रत्ने भन्थे।हातमा भएको मोबाइल हातमै खेलाउदै बाहिर आकाश तिर हेरेर टोलाई रहेछ यसबेला रातको १० बाजी सकेको छ। बाहिर चकमन्न छ बाटोमा गाडीहरु कुदिरहेका छन। तर आवाज आउदैन बिचमा शिशा पर्दा बनेर उभिदिएको छ उसलाई र बाहिरी दुनियालाई सिसाले छेकेको छ।उसले काम गर्ने कम्पनी पनि तेतै कतै छ सायद उ तेही हेरी रहेको छ।तर होइन उ त कहिले आकाश कहिले ति गुडीरहेका गाडीमा आखा डुलाइ रहेको छ।कुनै बेला हातको मोबाइल हेर्छ कुनै बेला आकास तिर हातको मोबाइल हेर्दा उसलाई हुर्राइ दिउ जस्तो लाग्छ उसलाई त्यो मोबाइल नभएको भए कति सन्च हुन्थ्यो।कति निदाउथ्यो।निस्फिक्री जीवन कटाउथ्यो।भर्खर घर कुरा गरेर बिचैमा राखेको थियो।

रत्ने सोझो मान्छे स्कुलमा पनि कमै बोल्थ्यो।स्कुले जीवन सकियो माथिल्लो शिक्षाको लागि आर्थिक स्थितिले दिएन।शहरमा आफ्ना मान्छे पनि थिएनन् ।गाउ नजिकै कुनै कलेज पनि थिएन।उसले कलेज भर्ना गर्न सकेन सबै साथी कलेज जान थाले उ तेसै घरकै काममा दिन कटाउन थाल्यो।उमेर पुगेको मान्छे पढन कतै जान सकेन तेतिकै घर मै बरालिएको देखेर काका बुवाले सल्लाह गरे बिहे गर्नु पर्छ भनेर।घर सल्लाह भयो अब रत्ने को बिहे हुने भयो त्यो कुरा रत्नेलाई थाहै छैन। उ त केहि जोहो हुन्छ कि कुनै उपाय लाग्छ कि अलि पढ्न पाइन्छ कि भनेर बाटो हेरी रहन्थ्यो र बेला बेला बाउ लाइ घुर्काइ रहन्थ्यो।बिचरा उसको बाउको पनि के उपाएर छोराको कचकच सुन्यो चुप लाग्यो ।काका बाउको सल्लाह भयो अब यसै छ घर मा पनि मान्छे चाहिएकै छ।बरु यसको बिहे गरौ भन्ने भयो।गर्न त गर्ने तर तेसका लागि पनि खर्च पानी चाहिन्छ तर त्यो कहाँ बाट ल्याउने आउने बाटो छैन।यो काम पनि तेती सजिलो भएन।काका बाउ मामाहरु बीच कुरा चल्यो।कम खर्चमा बिहे गर्ने गरि कुरा चलाउने सल्लाह भयो।यो कुरा रत्नेको कान सम्म पुग्यो उसले सिधै अस्विकार गर्यो।तर उसको के उपाए र बाउ आमा काकाको सल्लाह भए पछि उसले हुन्छ भन्न कर लग्यो। केटी खोज्न सबै आफन्तकोमा खबर पुराइयो।उसको बिहे हुने भयो।ठिकै परिवारकी यसो कुरो मिलाएर सानो तिनो बिहे गर्ने भए।बिहे पनि तेसै गरि भयो।दुल्हन फर्काएर आउदा रत्नेको विचार पनि परिवर्तन भयो अब उ विदेश जाने भयो।उसलाई ससुरा बाले सहयोग गर्ने भए। यसमा उ खुसि पनि थियो।आखिरी किन तेसै घर बस्नु तेही पैसाले त हो उसले पढ्न नपाएको उ विदेश जाने सुरमा पासपोर्ट बनाउन तिर लग्यो।केहि दिनमा पासपोर्ट आयो। कम्पनी अप्लाई गर्नु पर्ने भयो तेसै गर्यो काम पनि मिल्यो उसको उड्ने दिन आयो। उ उड्यो।, भर्खर भित्राएकी दुहली छाडेर उ बिदेशीयो।दिनहरु बित्दै गए।आफ्नी भर्खर छाडेर आएकी स्वास्नीसंग राम्ररी हेलमेल हुन पनि पाएको थिएन बिदेशिनु पर्यो स्वास्नीसंग बोल्न कै लागि साथी संग ऋण काढेर मोबाइल किनेको थियो। घरि घरि तेही मोबाइलमा झुण्डिन्थ्यो उ। साथीसंग पनि कमै गफ गर्थ्यो। राती भरि नसुतेर पनि उ दिन भरि काम गर्न सक्थ्यो। आज तेही मोबाइल उसलाई घाडो भएको छ। हेर्न पनि नपरे नि हुन्थ्यो जस्तो लाग्छ उसलाई त्यो मोबाइल तर के गर्नु नबोकी धरै छैन। महिना भरिमा एक चोटी तलब आउने हो।पैसा भने भए दिनकै पठाउनु पर्ने। सधै पैसा पठा भन्ने खबर मात्र आउने मोबाइल के गर्ने ,हुदा हुदा अब स्वास्नीको कच कच पनि कहिले के भएन कहिले के भएन , अब पैसा उसकै नाम मा पठाउनु पर्ने, कहिले बाउको फोन कहिले आमाको कहिले बुढीको सधै फोन आउने मात्र, सन्चो बिसन्चो के छ सोध्नु भन्दा पनि कमाइ कति छ अब कति पठाउछस सधै यहि प्रश्न उ वाक्क भएको थियो।बुढी पनि अब गाउमा बस्न नसक्ने,सहरमा गएर बस्ने के के हो के के ,यता कामको थकान उता घरको कन कन यो मोबाइल हुर्याए त ढुक्क हुन्थ्यो कि भन्ने कुरा मनमा नआएको होइन तर उ तेस्तो गर्न सक्दैन खै के ले छेक्छ। सधै काम गर्छ पैसा घर पठाउछ कहिले काही त उसलाई त्यो मोबाइलमा पैसा हाल्न पनि साथी संग सापटी लिनु पर्छ। यस्तो जिन्दगी देखि वाक्क दिक्क हुन्छ तर के गर्नु उपाय पनि त केहि छैन।बिदा हुदा साथीहरु घुम्न जान्छन सपिङ्ग जान्छन रमाइलो गर्छन तर उ तेसै कोठा मै दिन कटाउनु पर्छ।पैसा जति सबै घर पठाएको हुन्छ तेही मोबाइल हेरो बसो धन्न फेसबुक छ र त दिन काट्न सजिलो छ उसलाई।

दिन बित्दै गए घरमा बुहारी र बाउ आम बीच खटपटि सुरु हुन लाग्यो यता रत्ने लाई झन् गार्हो हुदै गयो बाउलाई पनि पैसा पठाउनु पर्ने भयो बुडिलाई पनि दुवै जनालाई पैसा पठाउदा उसलाई झन् गार्हो भयो। कहिले काही त मोबाइल अफ गरेर बस्थ्यो र भन्थ्यो ब्याट्री डाउन थियो। तर सधै यस्तो बहाना चल्दैन थियो। साथीहरुसंग उ अलि परै बस्थ्यो घर को कुरा सबैले थाहा नपाउँन भन्ने उसको चाहना थियो। आफ्नो जस्तो समस्या अरुको हुदैन भन्ने उसको बुझाई थियो। उ मिलाउन खोज्थ्यो झन् बिग्रिन्थ्यो। टाउको भारी बनाएर दिन काट्नु पर्थ्यो उसको पिडा उसलाई बाहेक कसैलाई थाहा थिएन। कहिले काही त मोबाइल बोल्दा बोल्दै काट्थ्यो। पर राखेर आफु अर्को तिर बसी दिन्थ्यो मोबाइल साइलेन्स मा रखेसी बजेको पनि नसुन्ने ढुक्क हुन्थ्यो एकछिन पछि मोबाइल मिसकल ले भरिएको हुन्थ्यो। मोबाइल बज्न छाडे पछि मिसकल गन्थ्यो। बाउ आमा बाट स्वास्नीका नराम्रा कुरा सुन्नु पर्थ्यो भने स्वास्नी बाट आमा बाउका, उसले कुरा बुझ्न सकेको थिएन। न त घर फर्केर जान सक्थ्यो। समय पुगेकै थिएन। सारै दिक्क भएर समय कटाउनु पर्थ्यो कहिले काही त मरु कि जस्तो पनि लाग्थ्यो तर त्यो लाछी काम के गर्नु जस्तो लाग्थ्यो।

सधै उही दैनिकी अब भने स्वास्नीसंग अलि काम सम्पर्क हुन लाग्यो किनकि स्वास्नी पैसा चाहिए मात्र कल गर्थी नत्र गर्थिन। विदेश बाट कल गर्नु महँगो पर्थ्यो उ पहिले पनि गर्दैन थियो। समय बित्दै गए। उ मोबाइल खेलाउदै थियो एक्कासी एउटा फ्रेन्ड रिक्वेस्ट आयो। झट्ट हेर्यो चिने जस्तो लाग्यो। त्यो केटी थिइ उसले एसेप्ट गर्यो।एसेप्ट गर्ने बित्तिकै मेसेज आउन थाल्यो। ‘मलाई चिन्योउ”. उ एकछिन टोलायो र ” चिने नि किन नचिन्नु ” लेखिदियो। अझै उसले ठम्याउन सकेन। अब सोध्न पनि सकेन कुरा हुदै गयो। उसैले धेरै कुरा लेखी साथीको बारेमा आफ्नो बारेमा रत्ने लाइ चिन्न सजिलो भयो। अब भने उसले चिनेर कुरा गर्न लाग्यो। पुराना कुरा हुन थाले स्कुल जादा फर्कदा स्कुलमा भएका घटना सबै च्याटमा कुरा हुन थाले। उनीहरु कहिले मज्जाले हास्थे आपसी कुरा गरेर कहिले कसका कुरा गरेर। उ पल्लो गाउकी थी। नौ र दस एकै कक्षामा पढेका थिए। एस एल सी पछि भेट भएको थिएन। साथीहरुले बोलाउदा उसैको नाम जोडेर बोलाइ दिन्थे। उ लजाउथ्यो। तेसरी नै एक अर्काको नाम जोडेर बोलाउने गर्थे त्यो कुरा केटी सम्म पुग्दैन थियो। सायद केटीहरु पनि यसै गर्थे। तर कसैको आट हुदैन थियो कसैलाई सिधै गएर भन्ने बिचमा साथीले भूमिका निभाउनु पर्थ्यो। अब उसको दिक्दारी जिन्दगीमा यो एउटा मन भुलाउने बाटो भयो उ सधै बिहान बेलुका च्याटमा आउ थी। उसैले “हाई’ भन्थी उसैलेकुरा गर्न सुरु गर्थी। कहिले काही त उ कुरा नगरौ भनेर बस्थ्यो तर पटक पटक गरेको मेसेज नहेरी बस्नै सक्दैन थियो र जवाफ फ़र्काउथ्यो। उसलाई केहि आराम पनि भएको थियो किनकि सधै पैसा पठा भन्ने मात्र सुन्नु परेको थियो।अहिले कम से कम अरु खबर त सोध्ने मान्छे आएका थिए ।एक अर्का बीच घनिष्टता बढ्दै गयो। जुन पहिले थिएन। थियो त मन मै थियो। बाहिर आउन सकेको थिएन।सय अहिले पनि उ सामुन्ने हुन्थी भने रत्ने को वाक्य फुट्दैन थियो होला। उ पसिनै पसिना हुन्थ्यो होला। तर अहिले भने सारै सजिलो च्याटमा कुरा गर्न धक फुकाएर बोल्न पाइने।यसरी कुरा हुन्थ्यो उठ्नु अघि नै मेसेज आएको हुन्थ्यो। “उठ्नु भो “भनेर सुत्नु अघि सम्म कुरा हुन्थ्यो “अब सुत्नु भनेर” उसैले भन्नु पर्थ्यो। मन अलि हलुङ्गो भयो रत्नेको संगै अर्को पिर पनि उब्जिन थाल्यो। अहो उ संग कुरा नभई त अब निन्द्रा पनि लाग्दैन जस्तो अनि उठ्ने बित्तिकै मोबाइल हेर्नु पर्छ कि उसले मेसेजमा के लेखि भनेर अब उसको मनमा एउटा शंका उब्जन थाल्यो। कतै उ मायामा फस्ने त होइन तर उ ढुक्क थियो। उ विवाहित हो तेस्तो उ बाट हुदैन र यो कुरा उसलाई पनि थाहा छ। या रत्ने को बारेमा सबै थाहा पाईसकेकी छ । मनमा शंका पनि उब्जन्थ्यो कि उसको भेट नभएको धेरै भै सक्यो तह छैन कि भनेर ।उसलाई लाग्थ्यो अब यसरी च्याट गर्नु हुदैन। र उ उसलाई जवाफ नफर्काइ तेसै बसी दिन्थ्यो तर उसलाई झन् गार्हो हुन्थ्यो किनकि मेसेज आएको आयै हुन्थो। सायद उसलाई झन् चिन्ता हुन्थ्यो। किन रिप्लाई गरेन भनेर। रत्नेले कसै गरे पनि जवाफ नफर्काइ हुदैन थियो। रत्ने को मनमा उसले आफ्नो ठाउँ बनाइ सकेकी थिइ। तर उ स्वीकार्न तयार थिएन। किनकि पहिलेका कुरा र अहिले का कुरा धेरै फरक भए फेरी म पनि विवाहित हो। यस्ता हुदा हुदै एक दिन उसले प्रेम प्रस्ताब राखी या बक्न नसकेको प्रेम बकीदिई।रत्ने झस्कियो पत्याएन फेरी मेसेज हेर्यो। उही देख्यो उसले पनि केहि लेखिन उ टोलायो उसले सम्झ्यो झुक्किएर तेस्तो भएको होला। उ पनि आफ्ना पुराना दिन तिर टहलिन थाल्यो। सम्झ्यो पुराना दिन उसको हृदयमा उ ताजा नै रहिछ। मनमा पनि ठाउँ जमाई सकिछ। उसले केहि लेखेन हेरी रहयो। केहि बेरमा उतैबाट आयो “आइ लाभ यु” खै जवाफ फर्काएको उ एकोहोरो टोलाई मात्र रहयो।मुटुको चाल बढ्यो मोबाइल को स्क्रिन ओफ़्फ़ गर्यो। बाहिर एकोहोरो हेर्यो। चिट चिट पसिना आयो उ अन्योलमा पर्यो।

-अर्जुन थापा

 

प्रतिक्रिया