शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:४९
वासिङटन डिसी 13:04

नेपाल उद्योग वाणीज्य महासंघका नव निर्वाचित केन्द्रिय सदस्य सुमार्गीलाई हेटौंडा उपमहानगरपालिकाको स्वागत सम्मान

इनेप्लिज २०७७ मंसिर २७ गते ०:०१ मा प्रकाशित

नेपाल उद्योग वाणीज्य महासंघमा नव निर्वाचित केन्द्रिय सदस्य अरुणराज सुमार्गीलाई आज हेटौंडा उपमहानगरपालिका कार्यालयमा सम्मान गरिएको छ । उपमहानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका उप प्रमुख मीना लामाले मकवानपुरका सफल व्यवसायी तथा समाजसेवामा लागिपर्नुभएका सुमार्गीलाई सफल कार्यालयका लागि बधाई दिँदै खाँदा ओढाएर सम्मान गर्नुभयो । महासंघम प्रत्यक्ष निर्वाचनबाट विजयी हुनु मकवानपुरका व्यवसायीको पनि जित भएको बताउँदै उपप्रमुख लामाले आगामी दिनमा महासंघको नेतृत्वमा पुग्नका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

‘मकवानपुरका सफल व्यवसायी तथा सामाजिक सेवामा सक्रिय व्यक्तित्वले व्यवसायीहरुको सबैभन्दा महत्वपूर्ण संस्था उद्योग वाणीज्य महासंघको केन्द्रमा पुग्ने अवसर प्राप्त गर्नु हामी सबैका लागि खुशीको विषय हो ।’ उप प्रमुख लामाले भन्नुभयो, ‘ व्यवसायिक रुपमा सफलता पाइरहेझैं अब व्यवसायीको नेताका रुपमा सबै व्यवसायीको हकहितमा लागिरहन सफलता मिलोस् भन्ने चाहान्छौं । ’ सम्मान ग्रहण गर्दै केन्द्रिय सदस्य सुमार्गीले आफूलाई मकवानपुर तथा अन्य जिल्लाका उद्योगी व्यवसायीले भरोशा गरेर जिताएर महासंघमा पु¥याएको आभार व्यक्त गर्नुभयो ।

चुनावी दौरानमा मकवानपुर उद्योग वाणीज्य संघको नेतृत्व सहितको सिङ्गो टिमको साथका कारण आफूले जितेको बताउँदै सरोकारवाला सबै पक्षसंग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । ‘व्यवसायी, सञ्चारमाध्यम लगायत सरोकारवाला सबैको उत्तिक्कै साथ, सहयोग, माया रहेका कारण महासंघमा प्रत्यक्ष निर्वाचनमार्फत चुनाव जित्न सकिएको हो । ’ सुमार्गीले भन्नुभयो,‘ व्यवसायीका हितमा लाग्न शुभेच्छा सहित प्राप्त अवसरलाई सदुपयोग गर्नेछु ।’ उपमहानगरपालिकाले आफूलाई बधाई तथा सम्मान प्रदान गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया