आइतबार, साउन १० २०७८
काठमाडौं १६:०१
वासिङटन डिसी 06:16

विस्कन्सिनमा ट्रम्पले बाइडेनको बिजयीलाई पल्टाउन हालेको मुद्धा पुन: अस्विकार, ट्रम्पलाई झटका माथी झटका

इनेप्लिज २०७७ मंसिर २६ गते २३:०३ मा प्रकाशित

विस्कन्सिनका न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प र चुनाव अभियानले बाइडेनको बिजयीलाई पल्टाउन हालेको मुद्धालाई डिसेम्बर ११ शुक्रबारको दिन पुन: अस्विकार गरि दिएका छन् ।

आगामी डिसेम्बर १४ सोमबारका दिन निर्वाचकीय मत(ईलेक्टोरल भोट)हुने र ५० वटै राज्यले प्रमाणित गरि सकेको अवस्थामा पनि अन्तिम अवस्था सम्म बाइडेनलाई राष्ट्रपति हुन् नदिन ट्रम्पले कुनै कसर छोडेका छैनन ।

ट्रम्पले आफ्नो हारलाई पल्टाउने प्रयास गर्दा न्यायालयले मुद्धालाई खारेजी गरि दिएको हो । “डेन काउन्टी र मिल्वाकी काउन्टीको मतगणना पछि २०२० विस्कन्सिन राष्ट्रपति निर्वाचनको नतीजाको प्रमाणीकरण पुष्टि भयो,” आरक्षित न्यायाधीश स्टीफन सिमानेकले शुक्रबार बिहान भएको सुनुवाईमा भने।

विस्कन्सिनले आफ्नो प्रमाणिकरण प्रमाण पत्र गत नोभेम्बर ३० मै राष्ट्रिय अभिलेखलाई पठाएको छ । उनले भने बाइडेनले ट्रम्पलाई विस्कनसिन राज्यमा २० हजार भन्दा बढी मतले पराजित गरेका हुन ।

“म संवैधानिक मुद्दाहरूको बारेमा विस्तृत निर्णय लिन आएको हैन ” सिमानेकले भने । न्यायाधीशले भने, “म विश्वास गर्छु कि पुन: गणना पारदर्शी र खुला थियो – म विश्वास गर्दछु कि मतगणना प्रत्यक्ष प्रसारण गरिएको थियो । यसमा कुनै विवाद छैन।”

“स्पष्टतः सर्वोच्च अदालतले हाम्रो चाँडै सुन्ने आशा राखेको छ,” ट्रम्प अभियानका अधिवक्ता जिम ट्रुपिसले सुनवाईको अन्त्यमा भने जव सिमानेकले अदालतको आदेशको मस्यौदा तयार गरेका थिए ।

श्रोत : एनपीआर डट ओर्ग

प्रतिक्रिया