शनिबार, साउन १६ २०७८
काठमाडौं ०३:०२
वासिङटन डिसी 17:17

जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३२ औं पटक निशुल्क खाधन्न वितरण गर्यो।

इनेप्लिज २०७७ मंसिर २६ गते २:०० मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बिहीवार, डिसेम्बर १०, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। ३२ औं पटकको निशुल्क खाधन्न वितरण दिउँसो ३ बाट ५ बजे सम्म सम्पन्न भएको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले लिण्डा लाभायोलेट, न्यु-योर्क राज्य-गोभर्नर कार्यालयकी विशेष सहायकले न्युयोर्क राज्यकै कृषि र बजार विभाग सँग समन्वय गर्नु भएको थियो भने र यसै फाउण्डेशन सँग सहकार्य गरी २५० पिस निशुल्क डिब्बा बंद खाना, १०० बक्स पनिर मसाला र ३० बक्स चना मसला वितरण फाउण्डेशनकै कार्यालय 41-66, 72nd Street, Woodside, New York 11377 बाट वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु क्रमश: नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदी, गोर्खा समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठ,नेपाली अमेरिकन कलाकार संघका महासचिव एंव वरिष्ठ लोक गायक बिमल डाँगी,यसै संस्थाका मिडिया संयोजक एंव गीतकार पुष्कर बराल, फाउण्डेशनका सदस्य प्रेम अधिकारी क्षेत्री मार्फत ल्याटिनो समुदायलाई (ईस्पानीस), स्वयंसेवकहरु क्रमशः ध्रुब कुँवर, सागर श्रेष्ठ, टेक बा. कार्की, दिप कट्टेल मार्फत गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले निःशुल्क खाधन्न वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा,नेपाली अमेरिकन कलाकार संघकि कोषाध्यक्ष एंव वरिष्ठ लोक गायिका संगिता थापा लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले लिण्डा लाभायोलेट लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

प्रतिक्रिया