शनिबार, साउन ९ २०७८
काठमाडौं २३:५३
वासिङटन डिसी 14:08

एफडीए सल्लाहकारहरूले फाइजर / बायोएनटेक कोरोनाभाइरस खोपलाई आपतकालीन प्रयोगको अधिकार प्रदान

इनेप्लिज २०७७ मंसिर २६ गते ०:३२ मा प्रकाशित

अमेरिकी खाद्य तथा औषधि प्रशासनको खोप(एफडिए) सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपतकालीन प्रयोगको अधिकार प्रदान गर्ने एजेन्सीलाई सिफारिस गर्न बिहीबार मतदान गरेका छन् ।

उक्त मतदान हुँदा १७ सदस्यले हुन्छ अर्थात् स्वीकृत भनि मतदान गरे भने ४ जनाले हुदैन अर्थात् अस्वीकृत भनि मतदान गरेका थिए । एकजना सहभागी भएनन ।

यो मतदानको मतलब यो खोप तुरून्त आधिकारिक हुने भन्ने हैन । एफडीएले अब सिफारिस स्वीकार्ने कि नगर्ने निर्णय गर्दछ तर यसले खोपको लागि (ईयुए )प्रारम्भिक स्वीकृति जारी गर्ने संकेत दिएको छ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र र सल्लाहकार समितिहरूले यो खोप प्रयोगको लागि सिफारिस गर्न बैठकमा जानु पर्नेछ । एसीआईपीको डिसेम्बर ११ शुक्रवार बैठक बस्ने जनाइएको छ । र आइतवारको लागि निर्धारित बैठकमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

एफडिएले सिफारिस गर्ने बित्तिकै खोप ढुवानी २४ घण्टा भित्र सुरू हुनेछ । मोडर्ना संग आवेदन सम्बन्धि छलफल गर्न अर्को हप्ता फेरी भेट्ने कार्यक्रम रहेको सिएनएनले जनाएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया