आइतबार, साउन १० २०७८
काठमाडौं ०५:२९
वासिङटन डिसी 19:44

अमेरिकामा महामारी भए देखि यता सर्वाधिक एकैदिनमा ३१२४ जनाको मृत्यु,२ लाख २१ हजार संक्रमित

इनेप्लिज २०७७ मंसिर २५ गते ११:२६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २१ हजार २ सय ६७ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । यसै गरी एकैदिनमा मृत्यु हुनेको महामारी भए देखि यता सर्वाधिक ज्यादा ३ हजार १ सय २४ पुगेको छ । उक्त तथ्यांक गत बुधबार डिसेम्बर ९ का दिन २४ घण्टामा लिइएको हो ।

लगातार ३७ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ कोभिड-१९ बाट संक्रमितहरु थपिदै गै रहेका छन् । अस्पताल भर्ना हुनेको संख्या १ लाख ६ हजार ६ सय पुगेको छ । गत अक्टोबर महिना देखि अस्पताल भर्ना हुनेको संख्या तेब्बर भएको छ ।

हाल सम्म कूल १५ करोड ६६ लाख ५ हजार संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ५२ लाख ७६ हजार ४ ५४ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या २ लाख ९४ हजार ४ सय ९९ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया