गाउमा कसैको बिहे हुन लाग्यो कि हामी केटाहरुको सल्लाह हुन थाली हाल्थ्यो। लौ के लगाएर जाने कसरी जाने गएर के गर्ने जान पाउने कि नपाउने यस्तै यस्तै , बेहुलाको घरबाट निम्तो न आउदै बनेका हाम्रा योजना कहिले कहिँ तेसै तुहिएर जान्थे भने कहिले सफल हुन्थे।कहिले काही त हामी आफै पनि सफल गराएर छाडथियौ । बुढाहरुलाई छलेर हुन्छ कि आफै बनाएको टीको निधारमा दलेर हुन्छ। जन्ती जानुको मज्जा नै बेग्लै हुन्थ्यो। बारीमा बसेर भोज खान पाइन्थ्यो। त्यो भन्दा पनि नाचगानमा भएको मज्जा त झन् बेग्लै हुन्थ्यो।तेसबेला जन्ती जाने भनेकै राती थियो साझ पर्नै लाग्दा हामी जन्ती जान तरखर गार्थियौ अलि अलि झिसमिसे साझ भै सकेको हुन्थ्यो। तेही अलि अलि साझ भएर त अरुका आखा छलेर बसको छतमा लुकेर चड्यो र सुती दियो बस हिडे पछि त जे गर्दा नि हुन्थ्यो। बाटोमा रोकेर कसैले झर्ने होइन अभर पर्छन भनेर बुढाहरुले पनि एकछिन कराउछन पछि त छाडी दिन्छन। रात भरि दोहोरो डान्स हेर्न कम्ता मज्जा हुदैन थियो। कसले जन्ती जान छुटाओस।
तेस्तै भयो एक पटक एक पटक सबैलाई निम्ता त थियो तर पछि बस भरिदै गए पछि सबैलाई लान नमिल्ने कुरा सुनियो। यो कुरा हामी माझ सनसनी भयो हत्तपत्त हाम्रो योजना बुन्ने काम सुरु भयो। तेसरी योजना न बुने हाम्रा पुर्व योजनाहरु तेसै तुहुने भए सबैलाई यसको ठुलो चिन्ता थियो। कोहि नाच देखाउने वाला थिए त कोहि के गर्ने वाला थिए अरे तेस्तो योजना सबै बालुवामा पानी सरि जाने भयो भनेर हामी माझमा बढो चिन्ता सुरु भयो। सबैले आ आफ्नो योजना सुनाए। कोहि लुकेर छतमा सुत्ने भए कोहि बाउ हजुर बाउ को काखमा बस्ने भए कोहि आफै टिका बनाएर लगाएर जाने भए।
हामी बेहुलाको घर मा दिउसै देखि बसेका थियौ। खासै मान्छे थिएनन्। बेहुलाको घरमा हिजै पूजा थियो। त्यो दिन त खासै तेस्तो केहि थिएन। थियो त उनीहरुको तयारी मात्र थियो। तर पनि हामीहरु तेसै कहिले आगन त कहिले ओल्लो घर कहिले पल्लो घर गरेर समय कटाई रहेका थियौ। जन्ती जाने उमंग जो थियो मनमा। दिन ढल्दै जना लाग्यो गाउका बूढापाका हरु भेला हुदै गए हाम्रो मनमा खुसी थपिदै गयो। र मनमा डर पनि जन्ती जान न पाइने पो हो कि भनेर मान्छेको भिड बढ्दै गयो। हाम्रो पनि भिड बढ्दै गयो सबैले टिका लगाउन थाले हामी पनि पालोमा गयौ तेसै बिचमा एउटा बुढाले प्याच्च बोले यी केटाहरुलाई पनि लानेर बस्ने ठाउँ छैन भनेको होइन। यति के भनेका थिए टीको लाउने काम रोकियो। अब हामी जाने कुरा मा अघि त शंका मात्र थियो अब पक्का पक्कि भयो। हामी निरस हुदै यता उता बरालिन थाल्यो , उनीहरु बसमा चढ्न थाले। हामी पनि हाम्रो पुर्व योजना अनुसार काम गरेउ। साझ झिसमिसे हुन लागेको थियो। बस बिस्तारै गुड्न थाल्यो। हाम्रो मन अलि शान्त भयो। केहि बेर पछि त हामी ढुक्क भयौ।
नभन्दै बेहुलीको घर पुग्नु पर्ने ठाउँ आउन लागेछ। बेहुली को घर पुग्नु अघि सानो बजार थियो र त्यो बजार काटे पछि खोला तर्नु पर्थ्यो। बस तेही बजार मा रोकियो सबैजना बस बाट ओर्लिए हामी पनि , हामी लाइ देखेर बुढाहरु झस्किए। कसैले गाली गर्न थाले कसैले ल भैगयो भने कोहि मान्छे कता कोहि कता लागे कोहि पसल तिर कोहि यसो छल गरेर पिसाब फेर्न तिर , केहि बेरमा सबै भेला भए सबै बसमा चढे बस अलि पर सम्म गयो र फेरी रोकियो अब हामी हिड्नु पर्ने भयो। किनकि हामीलाई बोकेर बसले खोला तर्न नसक्ने भयो। हामी सबैले पाइन्ट माथि सरेर खोला तरेउ पर्खि रहेको बसमा हामी बसेउ। बस हिड्यो साझ परि सकेको थियो खासै गाउ राम्रो देखिदैन थियो। हामीलाई अघि जान दिइएन। उनीहरुको को के के रित थियो त्यो गरे। केहि बेरमा हामी सबै गयौ। हामीलाई निकै भोक लागेको थियो। हामी हत्तपत खाना पाकेको तिर लगेउ पालो कुर्नु पर्थ्यो। केहि बेरमा पालो आयो सबैले खाई सके पछि एउटा गोठ तिर लागेउ त्यहाँ पराल ओछ्याएको थियो केहि थान कम्मल पनि थियो। हामी तेतै पोको पारयौ। केहि बेरमा साउण्ड बक्स घन्किन थाल्यो। हामी सबै जरयाक जुरुक उठेउ र ठुलो गोल लागेउ। अब सुरु भयो नाच दुवै पक्षको धमाकेदार नाच सुरु भयो। केहि बेरमा कम्पिडिसन पो सुरु भयो झन् मज्जा आउन लाग्यो हामीलाई ,हाम्रा साथी पनि नाचे उता बाट पनि नाचे तेसबेला केटीहरु कमै नाच्थे। हाम्रो जन्ती बाट कोहि केटी थिएनन् र नाचेनन पनि उता का रहेछन नाच्ने हाम्रो तिरका एकजना दाई नाचे पछि उता बाट तेस्को जवाफमा केटी नाची ठुलो ताली आयो सबै जना रौसिए। नाचा सकिनै लाग्दा पहिले नाचेका दाई केटी नाचेको ठाउमा नाच्न थाले सबैले झन् ठुलो ताली बजाए र हल्ला गरे झन् धेरै मान्छे झुम्मिए। त्यो गीत सकियो तेस्को लगत्तै हाम्रो तिरको पालो थियो। हाम्रो पालोमा एउटा गीत बज्न थालो तेस्मा एकजना दाइले खुब जोसिएर नाच्न सुरु गरे सबैले होइ होइ गरे ताली बजाए गीत सकिनै पाएन। पछाडी बाट हल्ला आयो भागा भाग भयो एकै छिन मा सबैलो चिल्ली बिल्ली भयो। हामी पनि भागेउ तर म भने केहि नजाने जसरी तेही अघिको परालमा कम्मल ओढेर सुति दिए। सबैको भाग भाग भएछ रात भरि खोजा खोज भएछ।
बिहान उठियो मेरो छेउमा केहि पाका मान्छे हरु पनि सुतेका रहेछन सबै उठ्न थाले म पनि उठे। कल धारा थियो हात मुख धोइयो। कोहि बेहुली अन्माउने तयारीमा थिए कोहि बसमा दाइजो चढाउदै थिए भने हाम्रा तिरका कोहि जन्ती खोजि रहेका थिए हिजो बस भरि आएका जन्ती आज आधा मात्र थिए। गाइगुइ कुरा सुनियो केटी तिरका केहि केटाले चक्कु लिएर आएका रहेछन त्यो किन हो भनेर बुझ्दा राती केटी नाचेको ठाउमा केटा नाच्यो भनेर तेसो गरेका रहेछन। उनीहरु भन्दा रहेछन हाम्रा गाउका चेलिबेटीको इज्जत छैन किन तेसो गरेको तिनीहरुको आजै मिती पुर्रइ दिन्छौ भन्दै खिज्दै थिए रे। अहो म दङ्ग परे धन्न ज्यान जोगाए छु। अब मलाई पनि जति सक्दो चाडो त्यहाँ बाट घर फर्किन पाए हुन्थ्यो जस्तो लग्यो। केहि बेरमा जन्ती अन्माए हामी फर्कियौ। र तेही हिजो बस रोकेको ठाउमा आज पनि बस रोकियो। त्यहाँ मन्दिर थियो। कोहि बेहुला बेहुली लिएर मन्दिर तिर लागे कोहि पसल तिर कोहि कता , केहि बेर मा हाम्रा हराएका जन्ती आए तिनीहरु रात भरि भागेर तेही आएछन र बास बसेछन। सबै जनाको भेट भयो। एउटा रमाइलो पनि भयो ,सबैलाई ढुक्क पनि भयो।
केहि बेरमा सबै जना बसमा चढे ,हामी छतमा चढेउ किनकि छतमा बसेर हल्ला गर्दै जान छुट्टै मज्जा हुन्थ्यो दिउसो पनि थियो।बस फर्कियो।
-अर्जुन थापा
प्रतिक्रिया