प्रदेश नं.१ मा ८७ सङ्क्रमित थपिए,६२ जना निको भए

इनेप्लिज २०७७ मंसिर २५ गते ०:३५ मा प्रकाशित

विराटनगर,२४ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको ५८७ जनाको पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपहरुमा झापामा ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ,इलाममा १३, सुनसरीमा १२,सङखुवासभामा तीन,उदयपुरमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका छन्।प्रदेशमा सङ्क्रमितको सङख्या २८ हजार ५०२ पुगेको छ।

प्रदेशमा आज ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या २३ हजार ४०५ पुगेको मन्त्रालयले जनाएका छ।

यस प्रदेशमा हालसम्म एक लाख ९८ हजार २२५ जनाको पिसिआर परीक्षण गर्ने सम्पन्न गरिएको छ।

प्रतिक्रिया