साईप्रसमा बुधवार थप ३ जना नेपालीमा कोरोना संक्रमण ,यो संख्यासगैं ४७ जना नेपालीमा कोरोना भेटियो ..

इनेप्लिज २०७७ मंसिर २४ गते १२:०१ मा प्रकाशित

जिएनएन । युरोप , साईप्रस , साईप्रसमा बुधवार थप ३ जना नेपाली समुदायलाई कोरोना संक्रमण देखिएको छ । आज भेटिएकाहरु एक जना पफोस सहर र दुई जना निकोसिया सहरका विद्यार्थीहरु रहेका छन ।हिजो मगंगलवार मात्रै ६ जना नेपाली समुदायहरुमा कोरोना संक्रमण देखिएको थियो ।

जसमा आईयानापामा २ जना घरेलुकामदार , लिमासोलमा एक जना महिला , निकोसियामा २ जना विद्यार्थी जोडी ,पाफोसमा १ जना विद्यार्थीलाई कोरोना लागेको छ । यो संख्यासगैं ४७ जना नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाईरसबाट बच्नका लागि साईप्रसमा रहेको गैरआवासीय नेपाली सघं साईप्रसले बारम्बर नेपाली समुदायहरु समाजिक संजाल , प्रत्यक्ष भेटघाट गरि सल्लाह दिईरहेको , साईप्रस सरकारले लागु गरेको नियमलाई कार्यवन्यन गर्दै आफु पनि बाच्न र अरुलाई बचाउनका लागि सारा नेपाली समुदायहरुलाई आग्रह गरिरहेको एनआरएनए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।

सचिव मगरका अनुसार कोभिड १९ ले अहिले साईप्रसको विभिन्न स्थानमा बसोबास गरिरहेका नेपाली समुदायहरु बढि असर गरिरहेको र नेपाली समुदायहरुलाई फोनबाट , प्रत्यक्ष भेटघाट लगाएत सबै कुराहरुबाट जानकारी गराउदा समेत केही नेपालीहरु कोरोना पोजेटिभ देखिए पनि खुल्लमखुल्ला घुमिरहेकोले नेपाली समुदायहरुमा कोरोना संक्रमण बढन सक्ने बताए ।

कोरोना संक्रमणबाट बाच्नका लागि गैरआवासीय नेपाली सघं साईप्रसले आफनो पदाधिकारी लगाएत विभिन्न १२ भन्दा बढि समाजिक एवमं जातिय सघंसस्थाहरुसगं समन्वय गरेर जनचेतना जगाउने , समास्या परेको बेला तत्काल सम्पर्कमा आउन लगाएतको कार्य गरिरहेको सचिव मगरले जानकारी दिए ।

प्रतिक्रिया