शनिबार, साउन ९ २०७८
काठमाडौं ०६:४०
वासिङटन डिसी 20:55

अमेरिकामा एकै दिनमा २ लाख १५ हजार संक्रमित ,२५३४ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर २४ गते ११:३६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १५ हजार ५ सय ८६ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । यसै गरी एकैदिनमा मृत्यु हुनेको संख्या २ हजार ५ सय ३४ पुगेको छ । उक्त तथ्यांक गत सोमबार डिसेम्बर ८ का दिन २४ घण्टामा लिइएको हो ।

लगातार ३६ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिदै गै रहेका छन् । अस्पताल भर्ना हुनेको संख्या १ लाख ४ हजार ६ सय पुगेको छ । गत अक्टोबर महिना देखि अस्पताल भर्ना हुनेको संख्या तेब्बर भएको छ ।

हाल सम्म कूल १५ करोड ४४ लाख ५४ हजार ४५ जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या५२ लाख ११ हजार ४ सय ३१ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ९६ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया