
धरान / लोक -पप तथा मेलोडियस गीत संगीतको लागि ९०को दशक देखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ -नयाँ गीत-संगीत पस्कनमा उत्तिक्कै सक्रिय छन् I यहि क्रममा कन्दरा ब्यान्डले स्वर सम्राट नारायण गोपाल प्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ” मलाई नसोध कहाँ दुख्छ घाउ ” लाई आफ्नो स्वरमा पस्केका छन्।
कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहे पनि उनि आफ्ना नेपालमा रहेका सहकर्मीहरु संग उत्तिकै नजिक छन् र यहि नजिकपन लाई आफ्ना श्रोता – दर्शकहरु माझ आत्मियता बनाउन उनि आफ्नो ब्याण्ड संग कुनै पनि स्टेज शो होश या गीत रेकर्ड कै बेला किन नहोश उनि नेपाल आइहाल्छन्।गत केहि बर्ष अघि मात्र उनले आफ्नो ब्याण्डसंग धरान,दमक , बुटवल ,बिर्तामोड , पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदै थिए तर सोही समयको कोरोनाको महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन अब भने पुन कन्दरा ब्याण्डलाई सक्रिय बनाउन आफ्ना ब्याण्ड सदस्यहरु सीत लागि परेका छन् ब्यान्डका गायक बिबेक श्रेष्ठ।

स्वरसम्राट नारायण गोपालको ३० औं पुण्य स्मृतिको अवसरमा स्वरसम्राट नारायण गोपालको शब्द /संगीत र हरिभक्त कटवालको रचना रहेको ” मलाई नसोध कहाँ दुख्छ घाउ ” लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा ,अमित गुरुङ ,अनिल गुरुङ ,अशिम शेरचन ,बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन्।स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरु झैँ श्रोताहरुले मनपराईदिनु हुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन्।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली गीत- संगीतको लागि आफ्नो ब्याण्ड कन्दरा मार्फत निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक बिबेक श्रेष्ठ कोरोना महामारीको अन्त्य संगै फेरि पनि नेपालका कुना – कन्दरामा आफ्ना मेलोडियस गीत – संगीत पस्किन आउने बताउंछन्।
भिडियो लिंक :
प्रतिक्रिया