कत्ती खोज्यौ तपाईं हजुरलाई
गाउँघर ,चौतारी ,दोबाटो
अनि शहरका गल्लीहरुमा
तपाइँ हराएपछी
बनजङ्गलका बुटयानहरुमा
खोला बगरका चटयानहरुमा
पत्र पत्रिका,रेडियो,टेलीभिजन
अनि सामाजिक संजालहरुमा
तपाइँ हराएपछी
तपाइँ हराएपछी
भनौं हजुरले केही नभनी घर छाडेपछी
बाले त्यही पिरले संसार छाडनु भएको हो
र छाडिदै गएका हुन,सम्बन्धहरु
साथि भाइ,आफन्त र सामाजबाट पनि,
मेरो प्राण तपाइँ हराएपछी,
तपाइँलाई थाहा छैनहोला ,
तपाइँ हराएपछी
ठुल्दाइ अंस लिएर छुट्टै बस्न थाल्नु भएको हो
बुढिआमाले दमको रोग पाल्न थाल्नु भएको हो ।
छोरिले पढाइ बिचमै छाड्न थालेकी हो
र म असाहाय अनि एक्लि बन्न थालेकि हु ।
मेरो प्राण तपाइँ हराएपछी,
तपाइँ हराएपछी
खेतबारी बाझै पल्टिएको हो
खेत जोत गर्ने कोहि नभए पछि
गाइ गोठ सुनसान बनेको हो
घासपराल र स्याहार नपुगे पछि
मेरो हजुर तपाइँ हराएपछी
तपाई हराएपछि
पुष माघको जाडाे काट्न मुस्किल बनेको हो
न्यानो कपडा र बाक्लो ओड्नि नभएपछी
हरेक बर्षातमा छ्त चुहिने गरेको हो,
छ्तको मर्मत गर्ने कोहि नभएपछी।
मेरो प्राण तपाई हराएपछि
तपाई हराएपछि नै हो
त्यही घर बन्धकी राखेर
तातो मरभुमिमा,नुनतेलको जोहो गर्न
राहदानीका पानाहरुमा लालमोहर लगाएर
अरब हानिएकी हु,मेरो प्राण ।।
मेरो प्यारा
आज बर्षौ भयो तपाईं हराएको
अनि बर्षौ भयो मैले यहाँ पसिना चुहाएको पनि
ताकी,बुढिआमाको ओखती किन्न सकु
ताकी,छोरिको अधुरो पढाइ पूरा गर्न सकु
छ्तको मर्मत ,न्यानो कपडा
र नुनतेलको जोहो गर्न सकु।
मेरो प्राण तपाई हराए पछि
आज एउटा बाचा गर्छु ,
मेरो प्राण हजुर लाई
धन कमाउन सकुला नसकुला यो अरबको
बन्धकि फुकाउन सकुला नसकुला त्यो घरको
तर एकदिन अबश्य फिर्ने छु मेरो देश
र एकदिन अबश्य फिर्ने छु मेरो घर
मेरो प्राण,मेरो प्राण
म हराउने छैन
तपाईं हजुर हराए जस्तै
तपाईं हजुर हराए जस्तै ।।
लाल चौलागाईं
कोलोराडाे,अमेरिका
प्रतिक्रिया