शनिबार, साउन ९ २०७८
काठमाडौं २०:४४
वासिङटन डिसी 10:59

न्यूजर्सीमा बाइडेनलाई बिजयी घोषित गर्दै राज्यद्वारा प्रमाणित

इनेप्लिज २०७७ मंसिर २२ गते २३:५९ मा प्रकाशित

न्यूजर्सी राज्यले गत नोभेम्बर ३ मा भएको निर्वाचनमा जो बाइडेन बिजयी भएको भन्दै राज्यले प्रमाणित गरेको छ । यसै संगै निर्वाचित राष्ट्रपति बाइडेनले १४ निर्वाचकीय मत (ईलेक्ट्रोरल भोट ) प्राप्त गरेका छन् ।

उक्त राज्यमा बाइडेनले ५७ प्रतिसत मत प्राप्त गरेका छन् भने रास्ट्रपति डोनाल्ड ट्रम्पले ४१ प्रतिसत मत पाएका छन् । न्यूजर्सी कि राज्य सचिव ताहेशा वे तथा मतदान सर्वेक्षकहरुले प्रमाणित गरेको गभर्नर फिल मर्फीले सोमबार बताएका छन ।

मर्फीले प्रमाणपत्रमा सोमबार नै हस्ताक्षर गर्ने छन् । न्यू जर्सीमा राष्ट्रपतिका उम्मेदवारमा डेमोक्रेटिकले जित्ने गर्छन भने न्यू जर्सी डेमोक्रेटिकको पकड भएको राज्य हो । सन् १९८८ मा रिपब्लिकनका राष्ट्रपतिका उम्मेदवारले अन्तिम पटक जितेका थिए ।

आगामी डिसेम्बर १४ का दिन हुने निर्वाचकीय मत कार्यक्रममा न्यूजर्सीको तर्फबाट उक्त १४ निर्वाचकीय मत बाइडेनलाई मतदान गर्ने छन् ।

श्रोत : एनबिसीन्यूयोर्क डटकम

प्रतिक्रिया