नेपाल घरेलु तथा साना उद्योग एवं महिला उद्यम समितिको जिल्ला अधिवेशन हुने

इनेप्लिज २०७७ मंसिर २२ गते २२:४९ मा प्रकाशित

विराटनगर,२२ मङ्सिर ।नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला मङ्सिरको चौथो साता हुने भएको छ।

अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो।यही मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको छ।

मोरङ जिल्लाभरिबाट एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहने रहने छन् भने महासंघका लागी २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गरिने महासचिव गोपाल काफ्लेले बताउनुभयो।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका विभिन्न सर–सामाग्रीहरुको प्रर्दशनी हुने बताईएको छ।

अधिवेशनमा अर्गानिक चिया,मह,ताजा तरकारी तथा फलफुल,च्याउ,किवी, लत्ताकपडा र ढाकाका उत्पादन तथा जुत्ताचप्पल लगायतका उत्पादनहरुको प्रर्दशनी हुने महासंघका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिनुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको कार्यसमितिको कार्यकाल गत चैत्र महिनामै समाप्त भएको हो।

प्रतिक्रिया