विवाहको अघिल्लो दिन किन श्वेताले यस्तो मार्मिक मनै रुवाउने पत्र लेखिन ? कस्का लागी ? (भिडियो सहित )

इनेप्लिज २०७७ मंसिर २२ गते १०:३२ मा प्रकाशित

श्वेता खड्काको मनै छुने पत्र जस्ताको तस्तै, म: जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहा,लीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु ।

‘अचानोको पिँडा खु,कुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ । म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । भिडियो सहित

https://www.youtube.com/watch?v=mYUdyldFFtI&feature=emb_logo

प्रतिक्रिया