आइतबार, साउन १० २०७८
काठमाडौं ०४:२०
वासिङटन डिसी 18:35

न्यूयोर्कका पूर्व नगर प्रमुख तथा ट्रम्पका निजी वकिल रुडी जुलियानी कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर २१ गते २१:३३ मा प्रकाशित

न्यूयोर्कका पूर्व नगर प्रमुख ,व्यवसायी तथा ट्रम्पका निजी वकिल रुडी जुलियानी कोरोनाबाट संक्रमित भएका छन् । उक्त जानकारी राष्ट्रपति स्वयम डोनाल्ड ट्रम्पले सामाजिक संजाल मार्फत गराएका हुन् ।

यिनै जुलियानीले गत नोभेम्बरमा ३ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकले धाधली गर्यो भन्दै अदालतमा मुद्धा माथि मुद्धा दायर गर्दै ,आधारहीन ,बिना प्रमाण अमेरिकाभर यात्रा गर्दै गर्दा उनि कोभिड-१९ बाट संक्रमित भएका छन् ।

ट्रम्पले आइतबार उक्त जानकारी गराउदै आफ्ना परम अन्धभक्त जुलियानी बारेमा लेखेका छन् ।

संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा भ्रष्ट चुनाव (अहिलेसम्म!) उजागर गर्ने अथक प्रयास गर्दै आएका न्यूयोर्कका इतिहासमा सबभन्दा महान नगर प्रमुख कोभिड-१९ बाट संक्रमित भएको जनाएका छन् ।

उनले शीघ्र लाभको कामना सहित हामी जारी गर्नेछौं भन्दै धाधली भएकोलाई अनुगमन(फलोअप)भन्ने ईशारा दिदै ट्रम्पले ट्वीट मार्फत उक्त कुरा प्रकाशित गरेका छन ।

केही समय अगाडी जुलियानीका छोरा पनि कोरोनाबाट संक्रमित भएकोले उनि स्वयम् निगरानीमा बसेका थिए ।

श्रोत :सिबिएस न्यूज ,तस्बिर :भ्यानीटी फेयर

प्रतिक्रिया