आइतबार, साउन १० २०७८
काठमाडौं १९:३५
वासिङटन डिसी 09:50

ट्रम्पले बाइडेनको बिजयीलाई उल्टाउन जर्जियाका गभर्नरलाई दबाव

इनेप्लिज २०७७ मंसिर २० गते २१:३० मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित जो बाइडेनको बिजयीलाई उल्टाउन जर्जियाका गभर्नरलाई दबाव दिएको समाचार वाशिंगटन पोष्टले लेखेको छ । शनिबार बिहान जर्जियाका गभर्नर ब्राएन केम्पलाई राज्य बिधानसभा मार्फत बाइडेनको जीतलाई उल्टाउन आग्रह गरेका छन । जुन उनले पेन्सेलभेनियाका रिपब्लिकन जन प्रतिनिधिहरुलाई पनि उक्साएको कारण पासा पल्टाउने दाउमा रहेका छन् ।

बाइडेनले क्यालीफोर्नियाबाट ५५ निर्वाचकीय मत प्राप्त गरि सके पछि डिसेम्बर १४ मा हुने ईलेक्टोरल भोटको लागि बहुमत जुटाई सकेका छन् । यता ट्रम्पले अनुपस्थिति मतपत्रको हस्ताक्षरलाई परीक्षण गर्न समेत प्रोत्साहन गरेका छन् ।

ट्रम्प जर्जियामा आगामी जनवरी ५ मा हुने २ सिनेटर पदको लागि अत्यन्तै महत्वपूर्ण प्रतिस्प्रद्धाको लागि जुलुसलाई सम्बोधन गर्न जानु अगाडी उनले गभर्नरलाई उक्त कुरा भनेको वाशिंगटन पोष्टले श्रोत नखुलाई समाचार प्रकाशित गरेको छ । उता जर्जियाका गभर्नरले आफूले त्यसो गर्न नसक्ने र अधिकार नभएको जनाई सकेका छन । शुक्रबार सम्म ट्रम्प र अभियान कानुनी लडाईमा ६ वटा राज्यहरुमा नराम्रो हार खाइ सकेका छन ।

अझ पनि ट्रम्प बाइडेनलाई जसरी भए पनि असफल बनाउने र राष्ट्रपति नहुन दिने प्रयासमा अहोरात्र खुरापाती कार्य गर्न व्यस्त छन ।

श्रोत :वाशिंगटन पोष्ट

प्रतिक्रिया