बुधबार, असोज ६ २०७८
काठमाडौं १७:३०
वासिङटन डिसी 07:45

भर्जिनियाका राज्य सिनेटरलाई मतदान केन्द्रमा नियम उल्लंघन गरेकोमा अभियोग

इनेप्लिज २०७७ मंसिर २० गते २०:१८ मा प्रकाशित

रिचमण्ड ,भर्जिनिया (एपी) । भर्जिनियाका राज्य सिनेटरलाई मतदान केन्द्रमा नियम उल्लंघन गरेकोमा अभियोग लगाईएको छ । गत बर्ष उनले निर्वाचन अधिकारीहरूका अनुसार मतदान स्थल भित्र मतदाताहरु र निर्वाचन अधिकारीहरुसँग कुराकानी गरेपछि उनलाई उक्त आरोप लगाईएको हो ।

समाचार पत्रहरुका प्रतिबेदन अनुसार डेमोक्रेटिकका राज्य सिनेटर जो मोरिसेलाई भर्जिनिया राज्य प्रहरीले मतदान केन्द्र बाहिर उभिरहेको ,४० फिट क्षेत्र भित्र जहाँ प्रचार अभियान प्रतिबन्धित छ त्यहा मतदाताहरुसंग आफू उम्मेदवार भएको बताएको कारण उनलाई अभियोग चलाईएको हो ।

मोरिसेले गत शुक्रवार उक्त आरोपलाई अस्वीकार गरेका छन् भने उनले उनीहरू बिरुद्ध अदालतमा लड्ने योजना बनाएका छन । उनले आरोपहरूको समयबारे पनि प्रश्न उठाएका छन ।

प्रतिक्रिया