अमेरिकामा एकै दिनमा अहिले सम्म कै सर्वाधिक २ लाख २८ हजार संक्रमित ,२६३७ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा अहिले सम्म कै सर्वाधिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २८ हजार ७ सय ६७ पुगेको न्यूयोर्क टाइम्सको आफ्नो तथ्यांकले देखाएको छ ।
यसै गरी एकैदिनमा मृत्यु हुनेको संख्या २ हजार ६ सय ३७ पुगेको छ । उक्त तथ्यांक गत बिहिबार डिसेम्बर ४ का दिन २४ घण्टामा लिइएको हो । गत हप्ता भन्दा दैनिक औसतमा १,८३,७२७ जना कोरोनाबाट संक्रमित भएका छन् भने गत दुई हप्ताको तुलनामा औसतमा ९ प्रतिसतले वृद्धि भएको छ ।
लगातार ३२ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिदै गै रहेको छ । अस्पतालमा भर्ना हुनेको संख्या अत्यधिक वृद्धि भएको छ भने १ लाख १ हजार २ सय मानिस कोभिड-१९ संक्रमित भएको कारण अस्पताल भर्ना गर्नु परेको छ ।
हाल सम्म कूल १४ करोड ६ लाख ३६ हजार २ सय ९८ मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४९ लाख ६७ हजार ८ सय १९ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ६ सय ३ पुगेको छ ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/न्यूयोर्क टाइम्स
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया