चितवनमा राजाबादीहरुको बृहत र्याली

इनेप्लिज २०७७ मंसिर २० गते ११:२५ मा प्रकाशित

चितवन,

बर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ।यसै क्रममा राजाबादीहरु यतीबेला सक्रिय भएका छन्। संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजाबादीहरुले शनिबार बृहत र्याली निकालेका छन्।सो र्याली हेर्दा अहिलेको सरकारप्रति जनतामा बितृष्ण बढ्दै गएको देखिन्छ।

सोही कारण पनि यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगायत देशका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन्।हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन् । यो दृष्य शनिबार चितवनमा पनि देख्न पाईयो।

शनिबार मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस टर्मिनलबाट सुरु भएको र्याली हाकिमचोक–चौबीसकोठी–वीरेन्द्र क्याम्पसचोक–लायन्सचोक–शहिदचोक–पुलचोक –पोखराबसपार्क–आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको छ।राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्यालीको आयोजना गरेको बताए।

र्यालीमा भरतपुर महानगरपालिका,राप्ती,रत्ननगर,कालिका,माडीलगायतका क्षेत्रबाट र छिमेकी जिल्ला नवलपुरबाट समेत देशभक्त स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो।प्रर्दशनमा युवाहरुले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए।

प्रतिक्रिया