बुधबार, माघ ७ २०७७
काठमाडौं १३:३०
वासिङटन डिसी 02:45

ट्रम्प प्रशासनले बिधार्थीहरुको संघीय ऋण जनवरी देखि निलम्बन गर्ने

इनेप्लिज २०७७ मंसिर २० गते ३:४९ मा प्रकाशित

ट्रम्प प्रशासनले बिधार्थीहरुको संघीय ऋण जनवरी देखि निलम्बन गर्ने भएको छ भने ब्याज दर सुन्य पारेको छ ।

डिसेम्बर ३१ सम्म समय अवधि रहेकोमा एक महिना सम्म भुक्तानी विस्तार गर्दै ट्रम्प प्रशासनले प्रभावकारी ढंगले बाईडेन प्रशासन वा कांग्रेसलाई लाखौं विद्यार्थी ऋण लिनेहरूलाई दीर्घकालीन राहत प्रदान गर्ने कि नगर्ने भनेर निर्णय गर्न छाडेको छ। यो विधेयक मार्च महिनामा राहत सुबिधामा समावेश गरिएको थियो ।

ह्वाइट हाउसले यसलाई अगस्त महिनामा विस्तार गरेको थियो, तर नयाँ राहत विधेयकमा गतिरोधको बीचमा यसको विधि शंकास्पद थियो।

विस्तार घोषणा गर्दा शिक्षा सचिव बेट्सी डेभोसले कार्य गर्न नसकेकोमा कांग्रेसलाई हप्काईन । “थपिएको समयले कांग्रेसलाई आफ्नो काम गर्न र कुन बिधेयक आवश्यक र उचित छन् भनेर निर्धारण गर्न अनुमति दिन्छ,” डेभोसले एक विज्ञप्तिमा भनिन ।

“कांग्रेस, कार्यकारी शाखा होइन, विद्यार्थी ऋण नीतिको जिम्मेवार छ।” यस बिधेयक अन्तर्गत, विद्यार्थीहरुलाई भुक्तानी गर्नु पर्ने छैन ।

उनीहरुको ऋण ब्याजमा वृद्धि हुँदैन र संकलन सबै जनवरीको अन्त्य सम्म रोकिनेछ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया